पार्टीको नेता कार्यकर्ताले पत्याएको, कार्यकर्ताले अनुमोदन गरेको र जनप्रतिनिधि जनताबाट अनुमोदित हुनुर्पर्छ ः सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङ


सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले पार्टीको नेता कार्यकर्ताले पत्याएको, कार्यकर्ताले अनुमोदन गरेको र जनप्रतिनिधि जनताबाट अनुमोदित हुनुपर्ने बताउनुभएको छ ।
नेकपा एमाले रामेछापले मङ्गलबार मन्थलीमा आयोजना गरेको राजनीतिक तथा साङ्गठनिक क्षमता अभिवृद्धिका लागि जिल्लास्तरीय कार्यशालामा बोल्दै उपमहासचिव गुरुङले उक्त कुरा वताउनु भएको हो ।

नेतृत्वको बहस महाधिवेशनको बेला हुने उहाँले बताउनुभयो । उपमहासचिव गुरुङले भन्नुभयो– यस विषयमा हामीले महाधिवेशनको बेला बहस गर्ने छौँ, महाधिवेशनमा हामी सही निर्णय गर्ने छौँ, नेताहरूले रहर गरेर मात्र जिम्मेवारी पाइँदैन, समयको माग र आवश्यकताले निर्णय गर्छ ।
कसैले टिका लगाइदिएर नेतृत्वमा नपुगिने धारणा राख्दै उपमहासचिव गुरुङले भन्नुभयो– पार्टीले टिका लगाइदिने व्यवस्था होइन हाम्रो, यो कुराको अभ्यास हामीले ठिक ढङ्गले गरेका छैनौँ भन्ने आत्मालोचना हो मेरा, दायाँबायाँ, नातावाद, कृपावादले समाजवादको लक्षमा पुग्न सकिँदैन ।
नेकपा ९एमाले०मा अहिले दक्षिणपन्थी अवसरवाद र साङ्गठनिक अराजकता मौलाउँदै गएको उहाँले बताउनुभयो ।आफैँभित्रको दक्षिणपन्थी अवसरवाद र साङ्गठनिक अराजकता एमालेका लागि सबैभन्दा घातक भएको धारणा राख्दै उहाँले भन्नुभयो– पार्टीमा पद बाँड्दै हिँड्ने, आफू भए ठिक, अरू हुँदा गलत भन्ने प्रवृत्ति मौलाएको छ, यो कम्युनिष्ट पार्टीका लागि घातक कुरा हो ।
एमाले माक्र्सवादी विचार र लेनिनवादी सङ्गठनात्मक प्रणालीबाट विकसित भएर आएको पार्टी भएको बताउँदै उपमहासचिव गुरुङले अहिले एमालेको असल पद्धति कोमामा पुगेको हुँदा त्यसलाई बचाउनु आजको आवश्यकता भएको स्पष्ट पार्नुभयो ।
नामले मात्र कम्युनिष्ट पार्टी बन्न नसक्ने बताउँदै मन्त्री गुरुङले एमालेलाई कम्युनिष्ट पार्टी बनाउनु हो भने माक्र्सवादी दर्शन र लेनिनवादी सङ्गठन प्रणालीलाई व्यावहारिक रूपमा प्रयोगमा ल्याउनुपर्ने बताउनुभयो । अहिले अभियान विना कम्युनिष्ट पार्टीका सदस्यता नवीकरण समेत नहुने स्थिति आएको भन्दै उहाँले पार्टीभित्र व्यापक शुद्धिकरण र सुदृढीकरण आवश्यक रहेको औँल्याउनुभयो ।
वर्तमान सरकारले धेरै राम्रो काम गर्न नसकेको भए पनि नराम्रो काम पनि नगरेको र राम्रो काम गर्ने प्रयत्नमा रहेको मन्त्री गुरुङले बताउनुभयो ।
संयुक्त सरकार भएका कारण त्यसका केही सीमा हुने हुँदा एकलौटी सरकार जस्तो गरी आफ्ना नीति र कार्यक्रम लागु गर्न नसकिने बाध्यता बुझिदिन उहाँले आग्रह गर्नुभयो ।
मन्त्री वर्तमान सरकारले देश र व्यवस्थालाई बचाउने तथा देशको स्वाभिमानलाई झुक्न नदिने दृढता व्यक्त गर्नुभयो । त्यसकै लागि कांग्रेस र एमालेको संयुक्त सरकार बनेको उहाँले स्पष्ट पार्नुभयो । कांग्रेस र एमालेको विचार र गन्तव्य नमिल्ने भए पनि देश र व्यवस्था बचाउने कुरामा दुवैको समान धारणा भएको मन्त्री गुरुङले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस  
अव्यवस्थित बसोबासीलाई जग्गा धनीपूर्जा वितरण

इलाम, २८ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले इलामको माई नगरपालिकाको शितलीमा १५ शैय्याको आज

अर्को एक वर्ष म प्रधानमन्त्री हुन्छु ःप्रधानमन्त्री

झापा, २८ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको कनकाइ नगरपालिकाका भूमिहीन दलित, सुकुम्बासी र

विकास आयोजनाहरुलाई दू्रत गतिमा अघि बढाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ २७ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले विकासका आयोजनाहरु समयमा सम्पन्न नभई अनुमानभन्दा धेरै

रामको पवित्र जन्मभूूमि नेपाल हो भनेर भन्न हामी किन सक्दैनौँ ? साँचो बोल्दा को रिसाउँछ जस्तो गर्छाैँ भने हामीले के गरी खान्छौँ ? प्रधानमन्त्री ओली

काठमाडौँ, २३, असार । प्रधानमन्त्री केपी शर्मा ओलीले प्राकृतिकरुपमा सुन्दर, भौगोलिकरुपमा उर्बर, ज्ञान र संस्कृतिले

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई