नेतृत्वको बहस पूर्णत रोक्नुपर्छ : महासचिव पोखरेल


काठमाडौं -नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रिय महाधिवेशनको मिति तय भइनसकेकोले नेतृत्वको बहस पूर्णत रोक्न निर्देशन दिनुभएको छ ।
नेकपा एमाले बागमती प्रदेश कमिटीको भर्चुअल बैठकलाई सम्बोधन गर्दै पोखरेलले सो कुरा बताउनुभएको हो । बैठकमा बाेल्दै महासचिव पोखरेलले अहिले नेतृत्वको विषयमा छलफल होइन विधि र विधानका बारेमा बहस गर्नुपर्ने बताउनुभयो ।`राष्ट्रिय महाधिवेशनको मिति निर्धारण नभइसकेको अवश्थामा नेतृत्वको बहस पूर्णत रोक्नुपर्छ ´पार्टी केन्द्रीय कार्यलयबाट बैठकलाई सम्बोधन गर्दै महासचिव पोखरेलले भन्नुभयो ।
भदौ २०-२२गतेलाई विधान महाधिवेशन तय भएकोले सबै नेता कार्यकर्तालाई पार्टीको नीति र विधि निर्माणमा केन्द्रित हुन महासचिव पोखरेलले निर्देशन दिनुभएको छ ।
महासचिव पोखरेलले राजनीतिक र सँगठनिक प्रतिवेदन केन्द्रीय कमिटीबाट सिधै बिधान महाधिवेशनमा प्रष्तुत हुने जानकारी दिनुभयो । `तर विधान संशोधन प्रस्ताव केन्द्रीय कमिटीबाट छलफलका लागि मातहतका कमिटीमा पठाइनेछ´ महासचिव पोखरेलले भन्नुभयो ।
बैठक अहिले जारी छ । बैठकमा संगठन विभागका प्रमुख काशीनाथ अधिकारी,बागमती प्रदेशका इन्चार्ज राजन भट्टराई ,अध्यक्ष कैलाश ढुंगेल लगायत सहभागी हुनुहुन्छ । बैठकमा बागमती प्रदेशका जिल्ला अध्यक्षहरुले सदस्यता नविकरण,नयाँ सदस्यता,टोल कमिटी गठन,पार्टीका अन्य गतिविधिका बारेमा रिपोर्टिङ गरिरहनु भएको  छ ।

प्रतिक्रिया दिनुहोस  
अव्यवस्थित बसोबासीलाई जग्गा धनीपूर्जा वितरण

इलाम, २८ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले इलामको माई नगरपालिकाको शितलीमा १५ शैय्याको आज

अर्को एक वर्ष म प्रधानमन्त्री हुन्छु ःप्रधानमन्त्री

झापा, २८ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको कनकाइ नगरपालिकाका भूमिहीन दलित, सुकुम्बासी र

विकास आयोजनाहरुलाई दू्रत गतिमा अघि बढाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ २७ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले विकासका आयोजनाहरु समयमा सम्पन्न नभई अनुमानभन्दा धेरै

रामको पवित्र जन्मभूूमि नेपाल हो भनेर भन्न हामी किन सक्दैनौँ ? साँचो बोल्दा को रिसाउँछ जस्तो गर्छाैँ भने हामीले के गरी खान्छौँ ? प्रधानमन्त्री ओली

काठमाडौँ, २३, असार । प्रधानमन्त्री केपी शर्मा ओलीले प्राकृतिकरुपमा सुन्दर, भौगोलिकरुपमा उर्बर, ज्ञान र संस्कृतिले

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई