वृद्धभत्ता बढाउने सरकारको तयारी (हेर्नुस् भिडियो सहित )


काठमाडौं : सरकारले वृद्धभत्ता बढाउने तयारी सुरु गरेको छ । गत निर्वाचनको चुनावी घोषणा पत्रमा वृद्धभत्ता बढाउने भनेर नेकपाले गरेको प्रतिवद्धता अनुसार आउदो वजेटमा वृद्धभत्ता बढाउन लागिएको सरकारको प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले प्यूठानको गौमुखीमा आयोजित मिडिया सम्मेलनमा बताएका छन ।
मन्त्री बाँस्कोटाले वृद्धभत्ताको साथसाथै सरकारले जेष्ठ नागरिकको लागि १ लाखको विमा गर्ने र त्यसको प्रिमियम समेत सरकारले तिर्ने समेत वताएका छन ।
सरकारले छोराछोरीको कमाइबाट वृद्ध बुवाआमाको खातामा पैसा पठाउनुपर्ने व्यवस्था गर्न लागेको समेत जानकारी दिएका छन्।
यसअघि वर्तमान प्रधानमन्त्री केपी ओली नेतृत्वकै अघिल्लो सरकारले वृद्धभत्ता बढाएर २ हजार रूपैयाँ पु-याएको थियो ।

प्रतिक्रिया दिनुहोस  
अर्थ मन्त्रालय आर्थिक वर्ष २०८२/८३ को बजेट तयारीमा व्यस्त

काठमाडौं, जेठ ८ अर्थ मन्त्रालय आर्थिक वर्ष २०८२/ ८३ को बजेट वक्तव्यको तयारीमा व्यस्त रहेको

शंकर पोखरेलको टिप्पणी : राजावादीले गर्ने आन्दोलन जनता विरूद्वको हो

दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजावादीले जेठ १५ गतेदेखि गर्ने भनिएको आन्दोलन जनताका

अनेरास्ववियुको झण्डा सगरमाथामा

विश्वप्रसिद्ध हिमाल आरोही मिङ्गमा डेभिड शेर्पाले अनेरास्ववियुको झण्डा सगरमाथामा पुरयाउनु भएको छ । त्यसैलाई लिएर

प्रधानमन्त्रीसँग राष्ट्रसङ्घको हानीनोक्सानी कोषका कार्यकारी निर्देशकद्वारा शिष्टाचार भेट

प्रधानमन्त्री केपी शर्मा ओलीसँग संयुक्त राष्ट्रसङ्घको हानीनोक्सानी कोष (फण्ड फर रेस्पोण्डिङ टु लस एण्ड ड्यामेज)का

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई