खुला दूध बिक्रीमा प्रतिबन्ध


हेटौँडा, ११ वैशाख: मकवानपुर जिल्लामा खुलारुपमा बिक्री हुने अप्रशोधित दुग्ध बिक्री वितरणमा प्रतिबन्ध लगाइएको छ ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरले दुग्ध तथा दूधजन्य पदार्थको गुणस्तर निर्देशिका २०७५ लागू गर्नका लागि सो प्रतिबन्ध लगाएको हो । जिल्ला प्रशासन कार्यालयद्वारा दूध वितरण गर्ने सरोकारवालासँग बसेको बैठकले यही शुक्रबार १३ गतेदेखि खुला बिक्री हुने दुग्धमा रोक लगाउने निर्णय गरेको छ ।

जिल्ला प्रशासन कार्यालयका अनुसार खाद्य प्रविधि तथा गुणनियन्त्रण कार्यालय हेटौँडाका प्रमुखको संयोजकत्वमा गठित कार्यदलको टोलीले दिएको प्रतिवेदनको आधारमा सो निर्देशिका कार्यान्वयन गर्न लागेको हो । निर्देशिका २०७५ मा दूध प्रशोधन गरी उत्पादन मिति, उपभोग मिति, मूल्य र लेवलसहित आवश्यक जानकारीलगायत प्याकेजिङमा उल्लेखित दूधमात्र बिक्री वितरण गर्न पाइने व्यवस्था उल्लेख छ । निर्देशिका २०७५ कार्यान्वयनमा आएपछि खुला तथा प्लाष्टिकमा राखी रबरले बाँधेर प्याक गरेको दूध बिक्री गर्न नपाइने प्रशासनले जनाएको छ ।

सरकारले गत असोज ४ गते निर्देशिका पारित गरेको थियो भने गत चैत ४ गतेबाट नै लागू हुने सो निर्देशिका मकवानपुर जिल्लामा विभिन्न कारणले लागू हुन नसकेको प्रमुख जिल्ला अधिकारी आसमान तामाङको भनाइ छ ।

यस सम्बन्धमा दुग्ध विकास संस्थान, दुग्ध वितरण आयोजनाका प्रमुख गणेश यादवसँग निर्देशिकाबारे बुझ्दा निर्देशिका लागू भएमा किसानले उत्पादन गरेको दूध बाह्रै महीना खरीद गर्न सकिने र किसानलाई फाइदा हुनुका साथै विचौलियाबाट मक्त हुने बताउनुभयो । किसानले पाउने मूल्य र उपभोक्ताले खरीद गर्ने खुला दूधको मूल्यबीच ४० प्रतिशतभन्दा बढी फरक देखिएको र अन्य व्यक्तिले फाइदा लिएको स्वयं किसानको गुनासो छ । यो जिल्लामा आधा दर्जन डेरी उद्योग सञ्चालनमा छन् ।

प्रतिक्रिया दिनुहोस  
राजेश बज्राचार्यको यस्तो आयो स्टाटस

काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकरणमा अनावश्यक रुपमा नाम मुछिएको भन्दै राजेश बज्राचार्यले आपत्ती जनाउनुभएको छ

आश्चर्यचकित छु : डा. अजयक्रान्ति शाक्य

१० जेठ, काठमाडौं । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै करोडौं असुली गरिएको

अध्यक्ष ओलीको चुनौतीः ‘नक्कली भुटानी शरणार्थी प्रकरणको निष्पक्ष छानविन गरियोस्’

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणको छानविन गरी

पार्टी विरुद्धमा जारी शृङ्खलाबद्ध कुप्रचार अभियानको भ्रममा नपर्न पार्टीका नेता, कार्यकर्ता, समर्थक र आम नागरिकलाई एमालेको आग्रह

काठमाडौं । नेकपा (एमाले) ले भ्रष्टाचार नियन्त्रण र सुशासनको प्रत्याभूति गर्न देशका प्रमुख राजनीतिक पार्टीहरूबीच

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई