घुस लिएको आरोपमा कर्मचारी पक्राउ
फिक्कल, ११ इलाम: अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय इटहरीको टोलीले इलामबाट आज दुई जना कर्मचारीलाई पक्राउ गरेको छ ।
जिल्ला प्रशासन कार्यालय इलामका नायब सुब्बा विनोद विसी र युवा स्वरोजगार कार्यक्रमका भानुभक्त आचार्यलाई अख्तियारको टोलीले पक्राउ गरेको हो । एक व्यक्तिको राहदानीको प्रतिलिपी निकाल्ने क्रममा रु ६ हजार घुस मागेपछि उहाँहरुलाई घुस रकमसहित नियन्त्रणमा लिइएको हो । दुवै जनालाई पक्राउ गरी थप अनुसन्धानका लागि इटहरी लगेको बताइएको छ ।