शेयर बजार दोहोरो अङ्कले वृद्धि


काठमाडौँ, ११ वैशाख: मङ्गलबार झिनो अङ्कको सुधार आएको शेयर बजार आज भने दोहोरो अङ्कले वृद्धि भएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार कारोबार मापक नेप्से परिसूचक १९.१४ विन्दुले बढेर एक हजार २७९.२९ विन्दुमा पुगेको छ । मङ्गलबार नेप्से ३.७४ विन्दुले बढेर एक हजार २६० मा पुगेर रोकिएको थियो । यसैगरी ‘क’ वर्गको कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ४.८० बिन्दुले बढेर २७६.९४ बिन्दुमा पुगेको छ । स्टकका अनुसार बुधबार विभिन्न १७२ कम्पनीका ३४ लाख आठ हजार ३७४ कित्ता शेयर रु ९५ करोड तीन लाख चार हजार ४१० मूल्यमा खरीद बिक्री भए । कारोबार भएका दश उपसमूहमध्ये जलविद्युत् र उत्पादन उपमूहको शेयर बढ्न सकेनन् । जलविद्युत् १०.६८ र उत्पादन उपसमूहको शयेर २।६९ बिन्दुले घट्यो । बैङ्किङ २७.२, होटल ६०.११, विकास बैंक ३९.३४, वित्त ३.९५, निर्जीवन बीमा १३.६९, अन्य ४.१६, लघुवित्त ६.०१ र जीवन बीमा ११.४६ बिन्दुले बढेको छ ।

स्टकका अनुसार आज नेपाल बैंक लिमिटेडको शेयर रु नौ करोड ९४ लाख छ हजार २६९, ग्लोबल आइएमई बैंकको रु सात करोड १९ लाख चार हजार ७२०, एनआइसी एसिया बैंकको रु छ करोड ४० लाख ८४ हजार ७३४, प्रभु बैंक लिमिटेडको रु छ करोड २७ लाख ६० हजार ९५४ र जनता बैंक लिमिटेडको रु पाँच करोड ९४ लाख ७८ हजार ४९४ मा खरीद बिक्री भए । त्यस्तै एभरेष्ट इन्स्योरेन्सका शेयरधनीले ९.७७ प्रतिशत, सामुदायिक लघुवित्त वित्तीय संस्था ६.८८, सहयोगी विकास बैंक लिमिटेड ६.६७, मेगा बैंकका शेयरधनीले ६.०४ ले कमाए । राधी विद्युत् कम्पनीका शेयरधनीले ४.९३ प्रतिशतले गुमाउँदा सिभिल लघुवित्त वित्तीय संस्था ४.८६, नेपाल कम्युनिटी विकास बैंक ४.८६ र आरम्भ लघुवित्त वित्तीय संस्थाका शेयर धनीले ४.६८ प्रतिशतले गुमाए ।

प्रतिक्रिया दिनुहोस  
भनसुनको आधारमा योजना छनोट गर्ने जमाना अन्त्य भयो: अर्थमन्त्री पौडेल

काठमाडौं – उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आम्दानी र खर्चको लक्ष्य भेट्न गाह्रो हुने भएकाले

नेप्से परिसूचक मंगलबार उच्च अङ्कले वृद्धि

  काठमाडौं, माघ २४ गते । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार उच्च

अर्थमन्त्री बिष्णु पौडेलको एउटै निर्णयले २४ अर्ब बचत

काठमाडौं, अर्थ मन्त्रालयले वर्तमान आर्थिक अवस्थालाई मध्यनजर गर्दै सरकारको आन्तरिक खर्च कटौती गर्न १४ बुँदे

गोलभेँडाको उचित मूल्य नपाउँदा किसान मर्कामा

सर्लाही – गोलभेँडाको उचित मूल्य नपाएपछि हरिवनका किसान मर्कामा परेका छन् । भारतबाट गोलभेँडा बजारमा

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई