नेता नेपाल चीन प्रस्थान

काठमाडौँ, १२ वैशाख (रासस) : पूर्वप्रधानमन्त्री एवं नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल चीनको राजधानी बेइजिङमा यही वैशाख १२ गतेदेखि आयोजना हुने दोस्रो ‘बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेशन’मा सहभागी हुन बुधबार त्यसतर्फ प्रस्थान गर्नुभयो । नेता नेपाल यही वैशाख १५ गते स्वदेश फर्कने कार्यक्रम रहेको नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले राससलाई जानकारी दिनुभयो ।