बालुवाटार व्यक्तिको नाममा बनाउन अख्तियारका पूर्व प्रमुख आयुक्त दीप बस्न्यातको निर्णायक भूमिका

काठमाडौं– बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गर्ने प्रक्रियामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त दीप बस्न्यातको निर्णायक भूमिका रहेको भेटिएको छ ।
बस्न्यातले अख्तियारको प्रमुख आयुक्त हुनुअघि तत्कालीन भौतिक योजना तथा निर्माण मन्त्रालयको सचिव रहेको बेला पर्ती, सरकारी र राजकुलोको जग्गा समेत नक्कली नाममा दर्ता गरिदिन मन्त्रिपरिषद् पेश गरेको विवरण फेला परेको आजको कान्तिपुर दैनिकमा खबर छापिएको छ ।