नेपालले थाइल्याण्डलाई दियो २३५ रनको फराकिलो लक्ष्य


काठमाडौँ, १२ वैशाख: थाइल्याण्डमा जारी एसिसी सोह्र वर्षमुनि (यु–१६) पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको समूह चरणको अन्तिम खेलमा नेपालले थाइल्याण्डलाई २३५ रनको फराकिलो लक्ष्य दिएको छ ।

थाइल्याण्डको चियाङमाई क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३५ ओभरमा सात विकेट गुमाउँदै २३४ रनको योगफल खडा ग¥यो । नेपालका लागि आशिष भट्टराईले सर्वाधिक ५८ रनको योगदान दिए । त्यसैगरी विशालविक्रम केसीले ३८, दीपक बोहराले ३५, विशालकुमार पटेल २८ र निखिलकुमार सिंहले २२ रन जोडे ।

बलिङतर्फ थाइल्याण्डका नारावेट नुन्ताराज एक्लैले तीन तथा योड्साक सारानोननाकुनले दुई विकेट झारे । जारी प्रतियोगितामा नेपालले यसअघि खेलेको दुवै खेलमा विजयी हासिल गरेको छ । नेपालले शनिबार भएको पहिलो खेलमा म्यानमारलाई ७ विकेटले पराजित गरेको थियो भने हिजो बुधबार भएको दोस्रो खेलमा मलेसियालाई ३९ रनले पराजित गरेको थियो । २३५ रनको विजयी लक्ष्य बोकेर अहिले नपाल थाइल्याण्डविरुद्ध जवाफी ब्याटिङमा उत्रेको छ ।

प्रतिक्रिया दिनुहोस  
पोखरा लगायतका ठूला सहरमा अन्तर्घातको खतरनाक ट्रेण्ड देखियो : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पोखरा लगायतका ठूला सहरमा मेयर हार्नुको कारण

काठमाडौँ महानगरको उपमेयरमा सुनिता डंगोल जित सुनिश्चित

काठमाडौँ – काठमाडौँ महानगरपालिकाको उपमेयरमा सुनिता डंगोल भारी मतका साथ अगाडि हुनुहुन्छ । नेकपा एमालेबाट

रवीन्द्र मिश्रले दिए विवेकशील साझाको अध्यक्षबाट राजीनामा ( प्रेस वक्तव्य )

काठमाडौं ११ जेठ : विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले पदबाट राजीनामा दिनुभएको छ ।

काठमाडौं १८ मा एमालेको प्यानलै विजयी

काठमाडौं जेठ ११ : काठमाडौं महानगर– १८ को वडाध्यक्षमा नेकपा एमालेका न्हुछेकाजी महर्जन विजयी हुनुभएको

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई