सामानको मूल्य बढ्ने भन्दै सुपरमार्केटको ‘मर्जर’ रोकियो


लन्डन, १२ बैशाख: बेलायतको प्रतिस्पर्धा एवं बजार प्राधिकरणले दुईवटा सुपरमार्केट गाभिने ९मर्जर० निर्णयलाई बिहीबार खारेज गरिदिएको छ ।

सामानको मूल्य बढ्ने र उपभोक्तालाई छनौटको अवसर गुम्ने भन्दै प्राधिकरणले विशाल सुपरमार्केट कम्पनीहरु सेन्सबरीज र वाल्मार्टको स्वामित्वमा रहेको आस्डाबीचको मर्जर रोकेको जनाएको छ ।

सेन्सबरीज बेलायतको दोस्रो तथा आस्डा तेस्रो ठूलो सुपरमार्केट हो । प्राधिकरणको निर्णयसँगै दुबै कम्पनीले सम्झौता रद्द गरेको जनाएका छन् ।

प्राधिकरणको अन्तिम अध्ययन प्रतिवेदनमा सेन्सबरीज–आस्डा मर्जरले सामानको मूल्य बढ्ने, अनलाइन सपिङ र पेट्रोलको मूल्यवृद्धि हुने उल्लेख छ ।

दुबै कम्पनीबीच मर्ज गरी बेलायतको पहिलो स्थानमा रहेको टेस्कोभन्दा ठूलो कम्पनी हुने योजना थियो ।

सेन्सबरीका प्रमुख कार्यकारी माइक कुपले उपभोक्तालाई अझ सस्तोमा सामान उपलब्ध गराउने उद्देश्यले दुई कम्पनीलाई मर्ज गर्न लागिएको दाबी गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस  
अमेरिकाको टेक्सासमा ४० जना आप्रवासी मृत फेला

काठमाडौ -अमेरिकाको टेक्सासमा लरी ट्रक भित्र कम्तिमा ४० जना आप्रवासीको शव फेला परेको छ ।

श्रीलङ्काका प्रधानमन्त्रीद्वारा राजीनामा

कोलम्बो। राष्ट्रव्यापी विरोध तीव्र हुँदै गएपछि श्रीलङ्काका प्रधानमन्त्री महिन्दा राजापाक्षेले सोमबार राजीनामा दिएका छन् । यो

पाकिस्तानका निवर्तमान प्रधानमन्त्री इमरान खानको पार्टीका १५५ सांसदद्वारा राजीनामा

  इस्लामावाद : पाकिस्तानका १५५ सांसदले सोमबार पदबाट राजीनामा दिएको घोषणा गरेका छन् । निवर्तमान

अमेरिकाले आणविक सम्झौता गरे पनि इरानका गार्डमाथि प्रतिबन्ध कायमै ; राजदूत

दोहा। संयुक्त राज्य अमेरिकाले इरानको आणविक कार्यक्रम सीमित गर्ने सम्झौता भए तापनि इरानको रिभोलुसनरी गार्डहरूमाथि प्रतिबन्ध

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई