‘संवैधानिक आयोगले तोकिएको अधिकार प्रयोग गरी काम गर्नुपर्ने’


काठमाडौँ, १२ वैशाख: कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले संवैधानिक आयोगलाई निश्चित अधिकार तोकिएको र त्यसैमा रहेर उसले कामकारवाही गर्नुपर्ने बताउनुभएको छ ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा आज आयोजित छलफल कार्यक्रममा मन्त्री ढकालले केही समय अघि सङ्घीय संसद्मा दर्ता भएको राष्ट्रिय मानवअधिकार आयोगसम्बन्धी विधेयकका सन्दर्भमा आयोगले ‘सरकारले सिफारिश कार्यान्वयन नगर्दा कारवाही (जरिवानासमेत) गर्ने’ व्यवस्था हटाइएको बताउनुुभयो । उहाँका अनुसार विधेयकमा सुझाव दिँदै आयोगले कारवाहीको व्यवस्था गर्न माग गरेको थियो । उहाँले विधेयक चाँडै पारित हुने बताउनुभयो । उहाँले भन्नुभयो, “आयोगलाई व्यवस्थित गर्न विधेयक संसद्मा लगिएको हो, चाँडै पास भएर आउनेछ ।” मन्त्री ढकालले सरकारले अहिले सङ्क्रमणकालीन न्याय व्यवस्थापन गर्न लागेको बताउनुभयो ।

आगामी दुई वर्षभित्र यो विषय पूर्णरूपमा टुङ्गिने उहाँको भनाइ थियो । सङ्क्रमणकालीन न्यायका लागि स्थापित दुई आयोगका पदाधिकारीको अवधि सकिए पनि आयोगको म्याद रहिरहने उहाँले जानकारी दिनुभयो । उहाँले संविधान र सङ्घीयतामैत्री कानून बनाउन दुई सयभन्दा बढी कानून बनेको र २९ विधेयक संसद्मा लगिएको बताउनुभयो । मन्त्री ढकालले सरकार सबैको अभिभावक भएकाले ठूलो रुपमा मानवाधिकारको हनन नहोस् भन्नेमा सजग रहेको बताउनुभयो । सो अवसरमा राष्ट्रिय मानवअधिकार आयोगका सदस्य गोविन्द शर्मा पौड्यालले मानवअधिकार आयोगसम्बन्धी संशोधित ऐन पारित भएमा नेपालको मानवअधिकार आयोग महान्यायधिवक्ताको अधिनमा रहने बताउनुभयो । नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले लोकतन्त्रको रक्षा र विकासका लागि मानवअधिकार रक्षकहरुको चुनौतीलाई बार र मानवअधिकार रक्षकले सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो ।

इन्सेकका अध्यक्ष डा इन्दिरा श्रेष्ठले अधिकार रक्षकको सुरक्षाको सुनिश्चितता हुने कानून बन्नुपर्नेमा जोड दिनुभयो । शुक्रबारसम्म चल्ने सम्मेलनमा देशभरका मानअधिकार रक्षकको सहभागिता छ ।

प्रतिक्रिया दिनुहोस  
देशभरका क्याम्पसमा अनेरास्ववियुको दवदवा

काठमाडौँ । आइतबार भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको मत परिणाम सार्वजनिक हुँदै गर्दा देशभरका २४३

प्रधानमन्त्रीलाई एमालेका उपाध्यक्ष विष्णु पौडेलको कडा प्रश्न

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले विश्वासको मतको अनिश्चित चक्रमा मुलुक फस्दै गएको बताउनु

उपराष्ट्रपति पदका लागि मतदान सुरु

काठमाडौँ-उपराष्ट्रपति पदको निर्वाचनका लागि मतदान सुरु भएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा अहिले

यूएईलाई हराउँदै नेपाल सोझै विश्वकप छनोटमा

नेपालले आइसिसी विश्वकप लिग–२ को अन्तिम खेलमा युएईमाथि ९ रनको डकवर्थ लेविस पद्धतिको आधारमा जित

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई