वर्षाका कारण थाइल्याण्डसँगको खेल रद्द भएपछि नेपाल समूह विजेता


काठमाडौँ, १२ वैशाख: एशियाली क्रिकेट काउन्सिल (एसिसी) यू–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र आयोजक राष्ट्र थाइल्याण्डबीचको खेल रद्द भएको छ । थाइल्याण्डको चियाङमाईमा चट्याङसहित वर्षा भएपछि नेपाल र थाइल्याण्डबीच भएको समूह चरणको अन्तिम खेल नतिजाविहीन बनेको हो । नेपालले दिएको २३५ रनको लक्ष्यसहित मैदान उत्रेको आयोजक थाइल्याण्डले जवाफी ब्याटिङ गरिरहँदा भारी वर्षा भएपछि खेल पुनः सञ्चालन हुन नसकेकाले रद्द भएको हो ।    

खेल वर्षाले रोकिनुअघि थाइल्याण्डले एक ओभर ५ बलमा एक विकेट गुमाएर कुनै रन जोड्न सकेको थिएन् । नेपालका प्रशान्त महतले थाइल्याण्डले चावात्रीचाइलाई शून्य रनमा आउट गरेका थिए ।    
खेल नतिजाविहीन बनेसँगै नेपाल र थाइल्याण्डले एक÷एक अङ्क बाडेका छन् । नेपालले यसअघिका दुई खेल जितेको थियो । थाइल्याण्डसँग अङ्क बाडेसँगै नेपालले समूह विजेताको रुपमा सेमिफाइनलमा स्थान बनाएको छ । नेपालले तीन खेलमा पाँच अङ्क जोड्यो । मलेसिया चार अङ्कसहित उपविजेता बन्दै सेमिफाइनलमा पुग्यो ।    

 थाइल्याण्ड र म्यानमार भने समूह चरणबाट बाहिरिएका छन् । थाइल्याण्डले तीन अङ्क जोड्दा म्यानमारले अङ्क जोड्न सकेको थिएन । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले पूरै ३५ ओभर खेल्दै सात विकेट गुमाएर २३४ रन बनाएको थियो ।नेपालको उच्च योगफलमा आशिष भट्टराईले ५८ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै विशालविक्रम केसीले ३८ रन र दीपक बोहराले ३५, विशालकुमार पटेलले २८ र निखिलकुमार सिंहले २२ रन बनाएका थिए ।साविकको विजेतासमेत रहेको नेपालले पहिलो खेलमा म्यानमारलाई सात विकेटले पराजित गरेको थियो । यस्तै दोस्रो खेलमा नेपालले मलेसियालाई ३९ रनले पराजित गरेको थियो । अघिल्लो संकरणमा नेपालले सिङ्गापुरलाई ७१ रनले पराजित गर्दै उपाधि जितेको थियो ।   

प्रतिक्रिया दिनुहोस  
मन्त्रीले दिए राजीनामा

  काठमाडौँ – खानेपानी मन्त्री अब्दुल खानले पदबाट राजीनामा दिनुभएको छ । जनमत पार्टीबाट खानेपानी

तीन पुस्ते कांग्रेस स्वर्णिम वाग्लेको आयो कडा स्टाटस्

काठमाडौँ – तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्ले उम्मेदवार हुने भएका

झण्डै दुईतिहाइ कम्युनिस्ट सरकार फुटाल्नेलाई मति बिग्रको मान्छे सप्रिन्छ कि भनेर सरकार बनाइदिए पनि काम लागेन : अध्यक्ष ओली

  अर्घाखाँची, चैत १३ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले चारैतिरबाट एमालेबिरुद्ध घेराबन्दी

‘केपी बा’ युट्युब च्यानलमा हरेक महिना राजनीतिक संघर्षका संस्मरण प्रसारण हुने

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको ‘केपी बा युट्युब च्यानल’ मा आफ्नो संस्मरणको

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई