दक्षिण कोरियाले ल्यायो फाइब–जी दूरसञ्चार सेवा


सियोल, २० चैत : दक्षिण कोरियाले विश्वमै पहिलो पूर्ण–विकसित पाँचौं पुस्ता (पाँचौं पुस्ता) को मोबाइल नेटवर्क विकास गरेको जनाएको छ । तीव्र गतिको यस प्रविधिले मोबाइलबाट डाटा ट्रान्सफरमा अभूतपूर्व फड्को मार्नेछ ।
पाँचौं पुस्ताको ताररहीत यस प्रविधिले मोबाइलमा कुराकानी मात्र होइन पाउरोटी सेकाउने टोस्टर मेसिनदेखि टेलिफोन, विद्युतीय कारदेखि विद्युत प्रसारण लाइनसम्मको व्यवस्थापनमा सघाउनेछ ।कोरियाको यो पछिल्लो प्रविधि हालको चौथो पुस्ताको मोबाइल प्रविधिभन्दा झण्डै २० गुणा ज्यादा तीव्र बेगको हुनेछ । पाँचौं पुस्ताको प्रविधि प्रयोगबाट एक सेकेन्डभन्दा कम समयमा एउटा सिंगो चलचित्र डाउनलोड गर्न सकिनेछ । तर दक्षिण कोरियाको यस प्रविधिले संयुक्तराज्य अमेरिका र चीनबाट ठूलै चुनौतीको सामना गर्नुपर्ने छ । नवीन प्रविधि विकासमा दक्षिण कोरिया समकालीन विश्वमा निकै अघि मानिन्छ । एक अध्ययन अनुसार पाँचौं पुस्ताको मोबाइल नेटवर्कका कारण सन् २०३४ सम्ममा विश्व अर्थतन्त्रमा करिब ५ खर्ब ६५ अर्ब अमेरिकी डलरको कारोबार हुनेछ । पाँचौं पुस्ताको नेटवर्कका कारण चालकविहीन सवारी साधनदेखि विविध किसिमका विद्युतीय उपकरण स्वचालित रुपमा चलाउन सहज हुनेछ । औद्योगिक रोबोट, ड्रोन र अरु इन्टरनेट आधारित उपकरण चलाउन यस प्रविधिले सहजता ल्याउने छ । कोरियाले पाँचौं पुस्ताको टेलिकम प्रविधि विकास गरेको घोषणा गरेकै दिन सामसुङ इलेक्ट्रोनिक्सले पनि पाँचौं पुस्ताको टेलिकम प्रयोग गर्न मिल्ने ग्यालेक्सी एस१० स्मार्टफोन सार्वजनिक गरेको छ । संयुक्तराज्य अमेरिकाले चीनको हुवावेमाथि पाँचौं पुस्ताको टेलिकम नेटवर्क खरिद नगर्न विश्व समुदायलाई आग्रह गरिरहेको छ । तीव्र गतिको इन्टरनेटका कारण चीनले विश्वबाटै महत्वपूर्ण सूचना संग्रह गर्ने अमेरिकी दाबी छ । तर चिनियाँ कम्पनी हुवावेले अमेरिकी दाबी असत्य रहेको जनाएको छ । हुवावेले पनि पाँचौं पुस्ताको दूरसञ्चार प्रविधि विकास गरिसकेको छ । कोरियामा हालसम्म कुनै पनि कम्पनीले पाँचौं पुस्ताको टेलिकम सेवा देशभर उपलब्ध गराएका छैनन् । अमेरिकामा पनि केही ससाना क्षेत्रमा यस्तो सेवा उपलब्ध हुन थालेको छ र यो सेवा वाइफाईबाट मात्र उपलब्ध हुन्छ । कतारको टेलिकम कम्पनी उरेडूले दोहामा पाँचौं पुस्ताको टेलिकम सेवा प्रदान गर्न थालेको छ, तर फाइब–जी सेवा सञ्चालन गर्ने उपकरणको अभाव छ । दुई सातापछि नै एलजीले पनि भी५० मोडेलको नयाँ स्मार्टफोन सार्वजनिक गर्दैछ । तर यी स्मार्टफोनको बजार मूल्य बढी हुनेछ । यसै वर्षको अन्त्यतिर ३० लाखभन्दा बढी कोरियालीले पाँचौं पुस्ताको टेलिकम सेवा लिन थाल्ने के.टी. कम्पनीका उपाध्यक्ष ली पिल–जाईले बताउनुभयो । जापानमा पनि सन् २०१९ भित्रै सीमित क्षेत्रमा फाइब–जी सेवा उपलब्ध गराउने योजना अघि सारिएको छ । अर्को वर्षको टोकियो ओलम्पिक्स अघि नै फाइब–जी सेवा पूर्ण रुपमा उपलब्ध गराउने जापानको तयारी छ ।
त्यसै गरि अमेरिकी कम्पनी भेरिजोनले अर्को सातादेखि अमेरिकी सहरहरु सिकागो र मिनियापोलिसका मोबाइल उपभोक्ताका लागि पाँचौं पुस्ताको टेलिकम सेवा उपलब्ध गराउँदैछ । यसै वर्षको अन्त्यसम्ममा देशका ३० भन्दा बढी सहरमा यो सेवा प्रदान गरिने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस  
अमेरिकाको टेक्सासमा ४० जना आप्रवासी मृत फेला

काठमाडौ -अमेरिकाको टेक्सासमा लरी ट्रक भित्र कम्तिमा ४० जना आप्रवासीको शव फेला परेको छ ।

श्रीलङ्काका प्रधानमन्त्रीद्वारा राजीनामा

कोलम्बो। राष्ट्रव्यापी विरोध तीव्र हुँदै गएपछि श्रीलङ्काका प्रधानमन्त्री महिन्दा राजापाक्षेले सोमबार राजीनामा दिएका छन् । यो

पाकिस्तानका निवर्तमान प्रधानमन्त्री इमरान खानको पार्टीका १५५ सांसदद्वारा राजीनामा

  इस्लामावाद : पाकिस्तानका १५५ सांसदले सोमबार पदबाट राजीनामा दिएको घोषणा गरेका छन् । निवर्तमान

अमेरिकाले आणविक सम्झौता गरे पनि इरानका गार्डमाथि प्रतिबन्ध कायमै ; राजदूत

दोहा। संयुक्त राज्य अमेरिकाले इरानको आणविक कार्यक्रम सीमित गर्ने सम्झौता भए तापनि इरानको रिभोलुसनरी गार्डहरूमाथि प्रतिबन्ध

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई