पुर्व उपराष्ट्रपति जोए बिदेनद्वारा राष्ट्रपतिका लागि उम्मेदवारी घोषणा


वासिङ्टन, १२ बैशाख: अमेरिकाका पुर्व उपराष्ट्रपति जोए बिदेनले आगामी निर्वाचनमा आफूले राष्ट्रपति पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।

वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सन् २०२० मा टक्कर दिनका लागि अहिलेसम्म देखिएकामध्ये डेमोक्र्याटतर्फका उहाँ एक शसक्त नेता मानिनुहुन्छ । अत्यन्त अनुभवी र चिरपरिचित तथा लोकप्रिय ७६ बर्षीय नेता विदेन पछिल्ला मत सर्वेक्षणहरुमा पनि अगाडि देखिनुभएको छ ।

ट्वीटरमार्फत् साढे तीन मिनेटको भिडियो सार्वजनिक गर्दै उहाँले आधारभूत रुपमा राष्ट्रका लागि आफू फरक उम्मेदवार भएको बताउनु भएको छ । “देशको खास महत्व, विश्वमा हाम्रो उपस्थिति, हाम्रो लोकतन्त्र यी र यस्तै विषयहरूले अमेरिकालाई अमेरिका बनाएको छ, यही नै हाम्रो आधार हो,” उहाँले ट्वीटरमा लेख्नुभएको छ । “त्यसैले मैले अमेरिकाको राष्ट्रपतिका लागि उम्मेदवारी घोषणा गरेको हुँ,” उहाँले थप स्पष्ट पार्दै लेख्नुभएको छ ।

अमेरिकाको राजनीतिमा झण्डै आधा दशक सक्रिय रहनुभएका विदेनले देशको नेतृत्व तहबाट देशको सेवाका लागि अवसर दिन आह्वान गर्नुभएको छ । उहाँले पूर्व राष्ट्रपति वाराक ओवामाको कार्यकालमा आठ बर्षसम्म उपराष्ट्रपति भएर काम गर्नुभएको थियो । आउँदो निर्वाचनका लागि अमेरिकामा उम्मेदवारी घोषणा गर्ने क्रम तीव्र भएको छ ।

प्रतिक्रिया दिनुहोस  
श्रीलङ्काका प्रधानमन्त्रीद्वारा राजीनामा

कोलम्बो। राष्ट्रव्यापी विरोध तीव्र हुँदै गएपछि श्रीलङ्काका प्रधानमन्त्री महिन्दा राजापाक्षेले सोमबार राजीनामा दिएका छन् । यो

पाकिस्तानका निवर्तमान प्रधानमन्त्री इमरान खानको पार्टीका १५५ सांसदद्वारा राजीनामा

  इस्लामावाद : पाकिस्तानका १५५ सांसदले सोमबार पदबाट राजीनामा दिएको घोषणा गरेका छन् । निवर्तमान

अमेरिकाले आणविक सम्झौता गरे पनि इरानका गार्डमाथि प्रतिबन्ध कायमै ; राजदूत

दोहा। संयुक्त राज्य अमेरिकाले इरानको आणविक कार्यक्रम सीमित गर्ने सम्झौता भए तापनि इरानको रिभोलुसनरी गार्डहरूमाथि प्रतिबन्ध

३८ लाख यूक्रेनी विदेशी शरणमा : राष्ट्रसंघ

जेनेभा – एक महिनाअघि रूसले यूक्रेनमा गरेको आक्रमणपछि ३८ लाखभन्दा बढी मानिस युक्रेनबाट भागेका संयुक्त राष्ट्रसंघको आइतबार

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई