चुनौतीका बीचमा पनि स्व. अधिकारीले गर्नुभएको काम निकै महत्वपूर्ण थिए ।”- प्रधानमन्त्री


ललितपुर, १३ वैशाख : प्रधानमन्त्री केपी शर्मा ओलीले देशको पहिलो वामपन्थी प्रधानमन्त्री मनमोहन अधिकारीले राष्ट्रिय स्वाधीनता, वामपन्थी दलको एकता र देश विकासमा पुर्याउनु भएको योगदानको चर्चा गर्नुभएको छ ।    
    
मनमोहन स्मृति प्रतिष्ठानले आज सानेपास्थित प्रतिष्ठान परिसरमा आयोजना गरेको  ‘२० औँ स्मृति दिवस’ मा उहाँले वर्तमान सरकार स्व अधिकारीका अधूरा सपना पूरा गर्न लागिपरेको उल्लेख गर्नुभयो ।    
    
स्व अधिकारीको शालिकमा माल्यार्पण गर्दै प्रधानमन्त्री ओलीले स्व अधिकारीले वामपन्थी पार्टी सरकारमा पुग्दा कसरी सरकार चलाउँछन् भन्ने देखाएको बताउनुभयो । अधिकारीले ‘आफ्नो गाउँ आफैँ बनाऊँ’ भन्ने नाराका साथ नागरिकमा विकासको भोक जगाएको उहाँको भनाइ थियो । सामाजिक सुरक्षा र कानूनी राज्य स्थापनाका लागि अधिकारी नेतृत्वको सरकारले उल्लेखीय काम गरेको बताउँदै उहाँले भन्नुभयो, “चुनौतीका बीचमा पनि उहाँले गर्नुभएको काम निकै महत्वपूर्ण थिए ।”    
    
एकातिर राजतन्त्रको फर्कने चाहना र अर्कातिर जनयुद्धको तयारीले गर्दा स्व अधिकारीले पार्टीको नेतृत्व गर्दा देशमा चुनौती रहेको प्रधानमन्त्री ओलीले बताउनुभयो । उहाँपछिको पार्टी नेतृत्वले यी दुवै चुनौती सामना गरेको उहाँको भनाइ छ ।    
    
वर्तमान सरकार विकासको बाटोमा अघि बढिरहेको प्रधानमन्त्री ओलीले बताउनुभयो । उहाँले भन्नुभयो, “विभिन्न कानून निर्माणमार्फत् संविधानको कार्यान्वयन हुने दिशामा रहेको छ ।”    
    
प्रतिष्ठानका कोषाध्यक्ष लक्ष्मीराज मानन्धरले नेपालको वाम आन्दोलनमा स्व अधिकारीको भूमिका अनुकरणीय रहेको बताउनुभयो । कार्यक्रममा सहभागी पूर्वप्रधानमन्त्री झलनाथ खनाल, रक्षामन्त्री ईश्वर पोखरेल, नेपाल कम्युनिष्ट पार्टीका नेता वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, पम्फा भुसाललगायको उपस्थिति थियो ।    
    
पूर्वप्रधानमन्त्री अधिकारीको विसं २०५६ वैशाख १३ गने निधन भएको थियो । प्रतिष्ठानले वर्षेनी उहाँको स्मृतिमा कार्यक्रमको आयोजना गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस  
मन्त्रीले दिए राजीनामा

  काठमाडौँ – खानेपानी मन्त्री अब्दुल खानले पदबाट राजीनामा दिनुभएको छ । जनमत पार्टीबाट खानेपानी

तीन पुस्ते कांग्रेस स्वर्णिम वाग्लेको आयो कडा स्टाटस्

काठमाडौँ – तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्ले उम्मेदवार हुने भएका

झण्डै दुईतिहाइ कम्युनिस्ट सरकार फुटाल्नेलाई मति बिग्रको मान्छे सप्रिन्छ कि भनेर सरकार बनाइदिए पनि काम लागेन : अध्यक्ष ओली

  अर्घाखाँची, चैत १३ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले चारैतिरबाट एमालेबिरुद्ध घेराबन्दी

‘केपी बा’ युट्युब च्यानलमा हरेक महिना राजनीतिक संघर्षका संस्मरण प्रसारण हुने

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको ‘केपी बा युट्युब च्यानल’ मा आफ्नो संस्मरणको

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई