सोनीको नाफा ९१६ अर्ब


टोकियो, १३ बैशाख: जापानको विद्युतीय सामग्री उत्पदक कम्पनी सोनीको आम्दानी लगातार दोस्रो वर्ष वृद्धि भएको छ ।

खासगरी अनलाइन खेल र अरु मनोरञ्जनात्मक व्यवसायमा लगानी गरेका कारण आम्दानी बढेको कम्पनीले जनाएको छ । मार्चको अन्त्यसम्म वार्षिक खूद नाफा ८ अर्ब २० करोड अमेरिकी डलर (९१६ अर्ब जापानी येन) पुगेको छ । सञ्चालन नाफामा करिब २२ प्रतिशत वृद्धि भई ८९४ अर्ब जापानी येन भएको छ । कम्पनीको बिक्रीमा १.४ प्रतिशत वृद्धि भई ८९४ अर्ब यान पुगेको छ । कम्पनीको नाफा वृद्धि हुनुमा मुख्यतः अनलाइन खेल, सेवा र नेटवर्क व्यवसायमा भएको प्रगति रहेका छन् । प्लेस्टेसनबाट प्रयोगकर्ताले सोनीका म्युजिक र भिडियो सेवा लिन सक्ने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस  
भनसुनको आधारमा योजना छनोट गर्ने जमाना अन्त्य भयो: अर्थमन्त्री पौडेल

काठमाडौं – उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आम्दानी र खर्चको लक्ष्य भेट्न गाह्रो हुने भएकाले

नेप्से परिसूचक मंगलबार उच्च अङ्कले वृद्धि

  काठमाडौं, माघ २४ गते । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार उच्च

अर्थमन्त्री बिष्णु पौडेलको एउटै निर्णयले २४ अर्ब बचत

काठमाडौं, अर्थ मन्त्रालयले वर्तमान आर्थिक अवस्थालाई मध्यनजर गर्दै सरकारको आन्तरिक खर्च कटौती गर्न १४ बुँदे

गोलभेँडाको उचित मूल्य नपाउँदा किसान मर्कामा

सर्लाही – गोलभेँडाको उचित मूल्य नपाएपछि हरिवनका किसान मर्कामा परेका छन् । भारतबाट गोलभेँडा बजारमा

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई