बिआरआईमा युरोपको सामूहिक सम्झौता सम्भव – जर्मन अर्थमन्त्री


बेइजिङ, १३ बैशाख: जर्मनीका अर्थमन्त्री पिटर अल्टमायरले युरोपेली युनियनका प्रमुख मुलुकहरुले चीनको अगुवाईमा रहेको बेल्ट एन्ड रोड अभियान (बिआरआई) मा व्यक्तिगत नभई सामूहिक समझदारीमा हस्ताक्षर हुन सक्ने बताउनुभएको छ ।    
    
युरोपेली अधिकांश मुलुकले बिआरआईमा सहभागी हुने इच्छा देखाइसकेका छन् । यो अभियानले एसियालाई युरोपसँग सडक र रेलमार्गले जोड्नेछ । चिनियाँ राष्ट्रपति सी चिनफिङको महत्वाकाँक्षी योजनाका रुपमा रहेको बिआरआईमा चीन बढी हाबी भएको भन्दै पश्चिमा राष्ट्रले आशंका व्यक्त गरिरहेका छन् ।    
    
फ्रान्स र जर्मनीले भने विदेशी फर्महरुलाई प्रतिस्पर्धी वातावरण तयार गर्न चीन अग्रसर हुनुपर्ने शर्त अघि सारिरहेका छन् ।    
    
युरोपेली कतिपय मुलुकहरुले इटालीलाई बिआरआईमा सम्झौता गर्नुअघि सोच विचार गर्न आग्रह गरे पनि इटालीले गत मार्चमा चीनको यस बिआरआईमा सहभागी हुने सम्झौता गरिसकेको छ ।    
    
मन्त्री अल्टमायरले जर्मनी, फ्रान्स, स्पेन र बेलायतले बेइजिङमा आयोजित बिआरआई सम्मेलनमा सहभागिता जनाएको बताउनुभयो । उहाँले बिआरआईमा सहभागी हुँदा युरोपका ठूला मुलुकहरुले सामूहिक रुपमा मात्र गर्न सक्ने स्पष्ट गर्नुभयो ।    
    
मन्त्री अल्टमायरले चिनियाँ राष्ट्रपतिको भनाईबाट आफूहरु निकै उत्साहित रहेको बताउनुभयो । बिआरआईले स्वतन्त्र व्यापार, बहुपक्षीयता र दिगोपन सहितको विकासलाई जोड दिएको छ ।    
    
अल्टमायरले भन्नुभयो – चीन एउटा साझेदार र प्रतिस्पर्धी मुलुक पनि हो, त्यसैले युरोपेली मुलुकहरुले आफ्ना सरोकारका विषयलाई परिभाषित गर्नु आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस  
मोरक्कोमा शक्तिशाली भूकम्प, कम्तीमा २९६ जनाको मृत्यु

मध्य मोरक्कोमा गएको ६.८ म्याग्निट्यूडको भूकम्पका कारण कम्तीमा २९६ जनाको ज्यान गएको त्यहाँको आन्तरिक मामिला

भनसुनको आधारमा योजना छनोट गर्ने जमाना अन्त्य भयो: अर्थमन्त्री पौडेल

काठमाडौं – उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आम्दानी र खर्चको लक्ष्य भेट्न गाह्रो हुने भएकाले

नेप्से परिसूचक मंगलबार उच्च अङ्कले वृद्धि

  काठमाडौं, माघ २४ गते । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार उच्च

अर्थमन्त्री बिष्णु पौडेलको एउटै निर्णयले २४ अर्ब बचत

काठमाडौं, अर्थ मन्त्रालयले वर्तमान आर्थिक अवस्थालाई मध्यनजर गर्दै सरकारको आन्तरिक खर्च कटौती गर्न १४ बुँदे

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई