खुल्लामञ्च विक्री प्रकरण- उपमेयरले राजनिती गरेको मेयरको आरोप


काठमाडौं, १३ वैशाख, खुलामञ्चको सार्वजनिक जग्गामा अनाधिकृत रुपले सटर बनाई बेचेको बिषयलाई लिएर काठमाडौंका मेयर विद्यासुन्दर शाक्यले उपमेयर हरिप्रभा खड्गीले राजनिति गरेको आरोप लगाउनु भएको छ।

मेयर शाक्यका अनुसार खुलामञ्चमा बसपार्क राख्न दिएको सम्झौता भन्दा विपरीत गएर बनाइका नयाँ संरचनाको छानबिन गरि त्यसको रिपोर्ट पेश गर्न उपमेयर खड्गीलाई गत चैत २४ गते निर्देशन दिएकोमा उपमेयरले हाल सम्म रिर्पोट पेश नगरेको बताउनु भएको छ। प्रचलित कानुनले महानगरपालिका भित्रका अनाधिकृत निर्माण अनुगमनको अधिकार उपमेयरलाई दिएको छ ।

मेयर शाक्यले उपमेयर आफै खुलामञ्च रहेको वडा नं. २८ को बासिन्दा भएको नाताले खुलामञ्चमा संरक्षणको नैतिक दायित्व समेत हुनुपर्नेमा आफुले छानबिनको आदेश दिइ पटक पटक ताकेता गर्दा समेत बेवास्ता गरेको आरोप लगाउनु भएकोछ।

मेयर शाक्यले उपमेयरले आफ्नो जिम्मेवारी बिर्सेर कांग्रेस कार्यकर्ताको तहमा मिडियाबाजी तथा राजनीति गर्न थालेपछि उहाँको छानबिन प्रतिको उदासिनतालाई बाहिर ल्याउन आफु बाध्य रहेको बताउनु भएकोछ ।

प्रतिक्रिया दिनुहोस  
राष्ट्रपति पौडेलले नागरिकता विधेयक प्रमाणिकरण गरेपछी एमालेका महासचिव पोखरेलको यस्तो आयो स्टाटस

  बुधबार प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जानुअघि राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालयले स्वीकार गरेको विधेयक

एमालेका उपमहासचिव प्रदीप ज्ञवालीको यस्तो आयो स्टाटस

बुधबार प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जानुअघि राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालयले स्वीकार गरेको विधेयक प्रमाणिकरण

राजेश बज्राचार्यको यस्तो आयो स्टाटस

काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकरणमा अनावश्यक रुपमा नाम मुछिएको भन्दै राजेश बज्राचार्यले आपत्ती जनाउनुभएको छ

आश्चर्यचकित छु : डा. अजयक्रान्ति शाक्य

१० जेठ, काठमाडौं । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै करोडौं असुली गरिएको

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई