‘सरकार र पार्टीका कमजोर पक्षको आलोचना गर्नुहोस्’ – परराष्ट्रमन्त्री ज्ञवाली


काठमाडौँ, २२ चैत: परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सरकारका नराम्रो कामको आलोचना गर्न लेखकलाई आग्रह गर्नुभएको छ । आज प्रगतिशील लेखक सङ्घको ११ औँ राष्ट्रिय सम्मेलनको यहाँ उद्घाटन गर्दै उहाँले लेखकलाई सरकारको राम्रो कामको प्रशंसा र नराम्रो कामको आलोचना गर्न आग्रह गर्नुभयो । 

“पार्टी र सरकारभित्रका कमजोर कुरालाई कलम तिखारेर लेख्नुहोस्”, उहाँले भन्नुभयो, “हामी लेखकले लेखेका कुरालाई आत्मसात् गर्दै भएका कमजोरी हटाउने छाँै ।” दल नजिक हुनु वा नहुनु लेखकको कुनै सम्बन्ध नभएको स्पष्ट पार्दै उहाँले प्रगतिशील लेखकले सरकारलाई सही दृष्टिकोण दिने खालका लेख लेख्नुपर्ने  बताउनुभयो । 

मन्त्री ज्ञवालीले मुलुकमा राजनीतिक रुपान्तरण गर्न लेखकको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै अब सांस्कृतिक रुपान्तरणमा ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले सांस्कृतिक रुपान्तरणका नाममा विचार, सिद्धान्तमाथि विभिन्न पक्षबाट हमला हुन थालेको भन्दै प्रगतिशील लेखक सङ्घले त्यस्ता हमलामाथि धावा बोल्नुपर्ने बताउनुभयो । 

“सांस्कृति रुपान्तरणका नाममा केहीले आफ्ना विचार र सिद्धान्त लाद्न खोजिएको छन्” उहाँले भन्नुभयो, “यो वामपन्थी हमला नभएर समग्रमाथिको हमला हो । यस्ता खालका हमलालाई लेखकले आफ्ना लेखबाट प्रतिकार गर्नुपर्दछ ।” उहाँले मुलुक नयाँ रुपान्तरणको बाटोमा रहेकाले सरकारले जनताका सेवा प्रवाहमा चुस्तता ल्याउने थालेको बताउनुभयो । 

सांस्कृतिक रुपान्तरणको सोचजस्तो नभएकाले त्यसको अगुवा गर्न लेखकलाई आग्रह गर्नुभयो । “सामाजिक रुपान्तरण सोचेजस्ता भएको छैन । सामाजिक रुपान्तरणका लागि माथिका संरचना बनाए पनि तलका आधारभूत संरचना नबन्दा समस्या छ”, उहाँले भन्नुभयो, “सामाजिक रुपान्तरणका लागि अब तलका संंरचना बलियो बनाउनु पर्दछ ।” मन्त्री ज्ञवालीले राणा शासन, पञ्चायत र राजतन्त्र फाले पनि जनताका समृद्धि ल्याउने खालका कार्यक्रम सरकारले ल्याएको जानकारी गराउनुभयो ।

जनसांस्कृति महासङ्घ नेपालका अध्यक्ष सरल सहयात्री, नेपाली लेखक सङ्घका अध्यक्ष श्रवण मुकारुङ्गलगायतले सम्मेलनको शुभकामना दिँदै नेपालको प्रगतिशील आन्दोलनलाई एकताबद्ध बनाउनुपर्ने बताउनुभयो । सम्मेलनमा देभरभरका विभिन्न ५६ जिल्ला शाखाबाट करीब ४५० प्रतिनिधि सहभागी रहेको छ । सम्मेलनमा प्रगतिशील साहित्यिक क्षेत्रका वर्तमान चुनौती र भावीदिशाका बारेमा समेत छलफल भएको प्रलेसका अध्यक्ष मातृका पोखरेलले जानकारी दिनुभयो । 

उहाँले प्रगतिशील आन्दोलनका क्षेत्रमा बहस चल्नु उचित भए पनि राष्ट्रियता, जनतन्त्र, जनजीविका र भूमण्डलीकृत सांस्कृतिक साम्राज्यवाद–विरुद्धको मूल एजेण्डामा एकै ठाउँमा उभिएर जाने बताउनुभयो । यसैगरी सम्मेलनमा शान्ता मानवी, शारदारमण नेपाल, प्रा डा श्रीधर गौतम र हरिहर खनाललाई परराष्ट्रमन्त्री ज्ञवालीले सम्मान गर्नुभयो । प्रगतिशील साहित्यिक क्षेत्रमा उहाँहरुले दिनुभएको योगदानको मूल्याङ्कन गर्दै सम्मानित गरिएको हो ।

प्रतिक्रिया दिनुहोस  
देशभरका क्याम्पसमा अनेरास्ववियुको दवदवा

काठमाडौँ । आइतबार भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको मत परिणाम सार्वजनिक हुँदै गर्दा देशभरका २४३

प्रधानमन्त्रीलाई एमालेका उपाध्यक्ष विष्णु पौडेलको कडा प्रश्न

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले विश्वासको मतको अनिश्चित चक्रमा मुलुक फस्दै गएको बताउनु

उपराष्ट्रपति पदका लागि मतदान सुरु

काठमाडौँ-उपराष्ट्रपति पदको निर्वाचनका लागि मतदान सुरु भएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा अहिले

यूएईलाई हराउँदै नेपाल सोझै विश्वकप छनोटमा

नेपालले आइसिसी विश्वकप लिग–२ को अन्तिम खेलमा युएईमाथि ९ रनको डकवर्थ लेविस पद्धतिको आधारमा जित

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई