चाबहिल–बौद्ध–जोरपाटी–साँखु सडक कालोपत्र भएको दुई हप्तामै भत्कियो


– पूर्णप्रसाद मिश्र काठमाडौँ, १३ वैशाख (रासस) ः चाबहिल–बौद्ध–जोरपाटी–साँखु सडकअन्तर्गत जोरपाटी ओरालोबाट नारायणटार पुलसम्मको करीब एक किलोमिटर खण्ड कालोपत्र भएको दुई हप्तामै जीर्ण बनेको छ । यो सडक गत चैतको अन्तिम सातामा कालोपत्र भएको थियो । निर्माण कम्पनी युनाइटेड विल्डर्सले यो सडक कालोपत्र गरेको हो । कालोपत्र भएकै बेला सम्झौतामा तोकिएभन्दा कम निर्माण सामग्री प्रयोग भएको भन्दै स्थानीयवासीले विरोध जनाएका थिए । यो सडक निर्माण शुरु भएको लामो समयसम्म पनि दायाँबायाँका घर नभत्काएकाले ‘साइड क्लियर’ नभएको भन्दै बन्न सकेको थिएन । सर्वोच्च अदालतले मुआब्जा दिएर मात्र घर भत्काउने फैसला सुनाएपछि सरकारले अहिले भएकै चौडाइमा कालोपत्र गर्ने निर्णय गरेको थियो । सरकारले निर्णय गरेको वर्ष बितिसक्दा पनि निर्माण व्यवसायीले काम गरेका छैनन् । करीब ११ किमीको यो सडकको धेरै ठाउँमा अझै कालोपत्र भएको छैन । एक दिन काम गरे हप्ता दिनसम्म काम रोकिने, करोडौँको ठेक्का लिएर चार पाँच जना मजदूर मात्र काममा उतार्ने गरेको स्थानीयवासी श्याम बरालले गुनासो गर्नुभयो । दुई साताअघि गरिएको कालोपत्रको गिट्टी निस्किएर पहिलेकै अवस्थामा सडक फर्किएको छ । कालोपत्र गरेको दुई सातामा फेरि सडकमा पानी जम्न थालेको छ । गोकर्णेश्वर नगरपालिकाले कालोपत्र भइरहेका बेला कामको अनुगमन गरेको थियो । नगर उपप्रमुख शान्ति नेपाल वर्षौंपछि बनेको सडक खुशीले अनुगमन गर्ने बताउनुहुन्छ । “सङ्घीय सरकारले लगाएको ठेक्का भएकाले अनुगमन गर्ने स्थानीय सरकारको काम त होइन तर नगर भित्रै भएकाले गएका थियौँ, त्यसैबेला गुणस्तरीय काम नभएको स्थानीयवासीको गुनासो थियो, सम्झौताअनुसार काम गराउन नगरपालिकाले पहल गर्छ”, नगरपालिकाको अनुगमन प्रमुखसमेत रहनुभएकी उहाँले भन्नुभयो । दुई सातामै सडक जीर्ण भएको सम्बन्धमा प्रतिक्रिया लिन युनाइटेड विल्डर्सका अधिकारीसँग पटकपटक सम्पर्क गर्दा पनि सम्पर्क हुन सकेन । जोरपाटी–गोकर्ण–सुन्दरीजल सडक मर्मत गरिने यसैबीच जीर्ण बनेको जोरपाटी–गोकर्ण–सुन्दरीजल सडक वैशाख १६ गतेदेखि मर्मतसम्भार हुने भएको छ । सडक विभागले यो सडक मर्मत गर्न लागेको नगर प्रमुख सन्तोष चालिसेले राससलाई जानकारी दिनुभयो । बिस्तारका लागि ठेक्का भइसकेको सात किमीको यो सडक चार वर्षदेखि दायाँबायाँका घर नभत्किएकै कारण अलपत्र बनेको छ । धेरै ठाउँमा खाल्डाखुल्डी भएकाले सवारी पल्टिनेलगायत दुर्घटना हुने गरेको छ । मर्मतसम्भारमा सहयोग गर्न नगरपालिकाले सार्वजनिक सूचना जारी नगरवासीसँग आह्वान गरेको छ ।

प्रतिक्रिया दिनुहोस  
भैँसके आगे बीन बझाए, भैँस रहे पगराए : अध्यक्ष ओली

  काठमाडौं, चैत १० । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको

राजनीतिक अस्थिरता रहेसम्म मुलुक समृद्ध बन्दैन : मुख्यमन्त्री अधिकारी

गण्डकी – गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले युवालाई विदेश पलायन हुनबाट रोक्न देशमै रोजगारी

देशभरका क्याम्पसमा अनेरास्ववियुको दवदवा

काठमाडौँ । आइतबार भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको मत परिणाम सार्वजनिक हुँदै गर्दा देशभरका २४३

प्रधानमन्त्रीलाई एमालेका उपाध्यक्ष विष्णु पौडेलको कडा प्रश्न

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले विश्वासको मतको अनिश्चित चक्रमा मुलुक फस्दै गएको बताउनु

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई