ईयुमा चीनको लगानी कति ?
काठमाडौं, १४ बैशाख: ईयूका देशहरुमा चीनको लगानीले गत दशकमा एक महत्वपूर्ण वृद्धि देखाएको छ। ईयूका देशहरुको कुल विदेशी लगानीको लगभग ९.५० प्रतिशत लगानी चीन, हङकङ र मकाउमा आधारित कम्पनीहरुको मार्फत भएको पाइएको छ। यस प्रकारको लगानी सन २००७ मा केवल २.५ प्रतिशत रहेको थियो।
इयूमा चिनियाँ कम्पनीहरुको पुर्ण वा आंशिक स्वामित्वका चार ठुला हवाईअड्डा, ६ बन्दरगाह, ९ देशमा वायु उर्जा र १३ व्यावसायिक फुटबल टीम छन भने यो लगानीको मात्राका हिसाबले लगभग ३५६ बिलियन अमेरिकी डलर बराबरको लगानी हुन आँउछ।
इयूको लागि यो रकम खासै ठुलो रकम नभएता पनि चीनिया कम्पनीको आक्रमक लगानी शैलिको कारणले गर्दा युरोपेली नेताहरूले युरोपमा चीनको लगानीलाई निरुत्सहित गर्ने रणनीतिमा काम गर्ने बाध्य पारेको छ।