ब्रेक्सिट बाट आत्तिएको बेलायत चीनको साथ खोज्दै
काठमाडौं, १४ बैशाख, आफुले वाशिंगटन र ब्रसेल्समा तय गरेको रणनिति विपरित गएर अरबौं डलर लगानी भएको चीनिया कार्यक्रम बेल्ट एण्ड रोड इनिसिएटिभमा सहभागि हुने बेलायतले संकेत गरेको छ।
ब्रेक्सिटबाट मुलुकको अर्थतन्त्रमा हुन सक्ने सम्भावित उथलपुथलका कारणले असुरक्षा महसुस गरि रहेको बेलायतले आफ्नो व्यपार बृद्धिका लागि चीनको आवस्यकता महसुस गरेको जानकारहरु बताउँछन।
बेल्ट एण्ड रोड फोरममा बोल्दै बेलायती वित्तमन्त्री चेन्सी फिलिप हम्मन्डले बेलायत चीनको महत्वाकांक्षी तर विवादास्पद पूर्वाधार लगानीको कार्यक्रमलाई सहयोग गर्न प्रतिबद्ध रहेको जानकारी गराउनु भयो। डेब्ट ट्राप डिप्लोमेसीको आलोचना खेपि रहेको चीनले भने बेलायतको यो संकेतलाई सुखद समाचारको रुपमा लिएको छ। अन्तराष्ट्रिय जगतले भने पश्चिमी देश र चीन बिचमा साइबर जासुसी, आर्थिक प्रतिद्वंद्विता र दक्षिण चीन सागरलाई नियन्त्रण गर्ने कुरामा बढदो विवादका समय मा भएको यस घोषणा कार्यन्वयन हुनेमा संदेहले हेरेएको छ। अमेरिका चीनलाई “सामरिक प्रतिस्पर्धी” भन्छ, जबकि यस वर्षको सुरुमा युरोपियन युनियनले चीनलाई “प्रणालीगत प्रतिद्धन्द्धी” भनेको थियो ।
बेल्ट र रोड फोरममा चीनको आक्रामक आकर्षणका बावजुद, पश्चिमी देश सँगको तनाव अझै कम हुन सकेको छैन। केहि दिन पहिले फ्रान्सले विवादित ताइवान स्ट्रेट ्मा युद्धपोत पठाएकोमा चीनले त्यसको विरोध गरेको थियो भने बेलायतले युद्धपोत विवादित ताइवान स्ट्रेट मा युद्धपोत पठाउन खोजे पछि बेलायतीका अर्थमन्त्रीको चीन भ्रमण समेत अनिश्चत भएको थियो।