प्रदेश नं. १ ले पनि लगानी सम्मेलन गर्ने


विराटनगर, २२ चैत: प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले लगानी र हिमाल आरोही सम्मेलन आयोजना गरिने बताउनुभएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेश नं १ को दोस्रो साधारणसभाको आज यहाँ उद्घाटन गर्दै उहाँले प्रदेशभित्रका हिमाल आरोहण गरिसकेका र आरोहणका लागि स्वदेशी तथा विदेशीलाई आकर्षित र कृषि, जलस्रोतजस्ता क्षेत्रको समुचित विकासका लागि सम्मेलनको आयोजना गर्न प्रदेश सरकारले आन्तरिक गृहकार्य शुरु गरिसकेको जानकारी दिनुभयो ।
मुख्यमन्त्री राई स्विस सरकारको सहयोग प्रदेशभित्रका २५ वटा परियोजनाका लागि विस्तृत परियोजना प्रतिवेदन तयार गरी लगानी सम्मेलन पूँजी भित्र्याइ यस क्षेत्रका जनताको समृद्धिको चाहना पूरा गरी रोजगारी क्षेत्रमा क्रान्ति ल्याउने दाबीसमेत गर्नुभयो । उहाँले आगामी वैशाख १५ गतेसम्म प्रदेशको अद्यावधिक योजनाको तयार गरी त्यसका आधारमा नीति तथा कार्यक्रम र बजेट तयार गर्ने जानकारी दिनुभयो ।
मुख्यमन्त्री राईले निजी क्षेत्रको साझेदारी बढाउने विधेयक प्रदेशसभामा चाँडै पेश गर्ने बताउँदै जलस्रोत, ऊर्जा लगानी बढाउन छुट्टै कोष निर्माणका लाागि निम्ति प्रदेश सरकार आन्तरिक तयारीमा जुेटको जानकारी दिनुभयो । उहाँले यस क्षेत्रको छिमेकी राष्ट्रको पर्यटक वृद्धिका लागि विराटनगर विमानस्थलको धावनमार्ग तीन हजार मिटर बनाउन जग्गा अधिग्रहणको कार्य अगाडि बढाउने बताउँदै यसलाई भविष्यमा क्षेत्रीय अन्तर्राट्रिष्यस्तरको विमानस्थलको विस्तार गरिने छ भन्नुभयो ।
मुख्यमन्त्री राईले जोगवनी किमाथान्का राजमार्गको चीनतर्फ जोडिने अब १८ किमिमात्र ट्रयाक खोल्नु बाँकी रहेको बताउँदै त्रिदेशीय यस सम्पर्क राजमार्गमा उद्योग व्यापारमा ठूलो फड्को मार्नुका साथै जनतामा रोजगारीको धेरै अवसर सिर्जना भई जीवनस्तर उकास्ने बताउनुभयो । उद्योग वाणिज्य महासङ्घका पूर्वकेन्द्रीय अध्यक्ष चण्डिराज ढकाल र महासङ्घका प्रदेश उपाध्यक्ष राजेन्द्र राउतले निजी क्षेत्रको सहकार्यबाट मुलुकमा समृद्ध कायम हुनेछ भन्नुभयो । महासङ्घका प्रदेश अध्यक्ष नरेन्द्रकुमार खड्काको सभापतित्वमा भएको उक्त कार्यक्रममा सांसद मोती दुगड, किशोर प्रधानले प्रदेश सरकारले निजी क्षेत्रको लगानी भित्र्याउन सहज कानूनी व्यवस्थापन लागि आग्रह गर्नुभयो । एक दने उक्त सभामा प्रदेशका १४ जिल्लाका २०० प्रतिनिधिको सहभागिता छ ।

प्रतिक्रिया दिनुहोस  
देशभरका क्याम्पसमा अनेरास्ववियुको दवदवा

काठमाडौँ । आइतबार भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको मत परिणाम सार्वजनिक हुँदै गर्दा देशभरका २४३

प्रधानमन्त्रीलाई एमालेका उपाध्यक्ष विष्णु पौडेलको कडा प्रश्न

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले विश्वासको मतको अनिश्चित चक्रमा मुलुक फस्दै गएको बताउनु

उपराष्ट्रपति पदका लागि मतदान सुरु

काठमाडौँ-उपराष्ट्रपति पदको निर्वाचनका लागि मतदान सुरु भएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा अहिले

यूएईलाई हराउँदै नेपाल सोझै विश्वकप छनोटमा

नेपालले आइसिसी विश्वकप लिग–२ को अन्तिम खेलमा युएईमाथि ९ रनको डकवर्थ लेविस पद्धतिको आधारमा जित

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई