इरानद्धारा अमेरिका र साउदी अरबको मध्यस्थता अस्विकार


तेहरान, १४ वैशाख: इरानले विवादित बिषयमा छलफल गर्न अमेरिका वा साउदी अरबको आवश्यक नरहेको जनाएको छ ।

इरानी विदेश मन्त्रालयका प्रवक्ता अब्बास मौसवीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “हालै पश्चिमा सञ्चारमाध्यमा आएका हल्लामा जस्तोे विवादित बिषयहरूमा वार्ता गर्न संयुक्त राज्य अमेरिका वा साउदी अरब कसैको पनि सहारा खोजेको छैन, यी केवल भ्रामक समाचार मात्र हुन् ।” मौसवीले भन्नुभएको छ, “साउदी अरबसँगको प्रसङ्गमा इरानले दुई मुलुकका प्रतिनिधिबीच हज यात्रीको व्यवस्थाबारेमा कुराकानी भएको र दुवै पक्षले उक्त बिषयलाई दुईपक्षीय राजनीतिक बिषयबाट अलग गर्ने सहमति जुटिसकेको छ ।” उहाँले थप्नुभयो, “इरानको दृष्टिकोणमा साउदी अरब खाडी क्षेत्रको एक महत्वपूर्ण राष्ट्र हो तर उ विगत केही बर्ष यता अरचनात्मक धारणासहित ‘गलत’ दिशामा अघि बढिरहेको छ । यसले यस क्षेत्रमा धेरै क्षति पुगेको छ जसका कारण समग्र अरब क्षेत्रमा सङ्कट देखिएको छ ।” साउदी अरबले यस क्षेत्र र जनताका लागि इमान्दार र सद्धभावपूर्ण धारणासहित अघि बढ्नेमा समेत मौसवीले विश्वास प्रकट गर्नुभयो । उहाँले थप्नुभयो, “पक्कै पनि त्यो मुद्दामा इरानले साउदी अरबसँग एक क्षेत्रीय शक्तिका रूपमा आपसी समन्वयका लागि छलफल गर्न तयार रहनेछ ।”

प्रतिक्रिया दिनुहोस  
श्रीलङ्काका प्रधानमन्त्रीद्वारा राजीनामा

कोलम्बो। राष्ट्रव्यापी विरोध तीव्र हुँदै गएपछि श्रीलङ्काका प्रधानमन्त्री महिन्दा राजापाक्षेले सोमबार राजीनामा दिएका छन् । यो

पाकिस्तानका निवर्तमान प्रधानमन्त्री इमरान खानको पार्टीका १५५ सांसदद्वारा राजीनामा

  इस्लामावाद : पाकिस्तानका १५५ सांसदले सोमबार पदबाट राजीनामा दिएको घोषणा गरेका छन् । निवर्तमान

अमेरिकाले आणविक सम्झौता गरे पनि इरानका गार्डमाथि प्रतिबन्ध कायमै ; राजदूत

दोहा। संयुक्त राज्य अमेरिकाले इरानको आणविक कार्यक्रम सीमित गर्ने सम्झौता भए तापनि इरानको रिभोलुसनरी गार्डहरूमाथि प्रतिबन्ध

३८ लाख यूक्रेनी विदेशी शरणमा : राष्ट्रसंघ

जेनेभा – एक महिनाअघि रूसले यूक्रेनमा गरेको आक्रमणपछि ३८ लाखभन्दा बढी मानिस युक्रेनबाट भागेका संयुक्त राष्ट्रसंघको आइतबार

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई