प्रधानमन्त्रीसँग भएको सम्वादलाई मनमौजी तरिकाले प्रचार गरियो – उपाध्यक्ष गौतम


प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा उपाध्यक्ष बामदेव गौतम बिच भएको वर्तालाभ भनि विभिन्न पत्रपत्रिकाले गरेको टिप्पणी मनमौजी भएको उपाध्यक्ष गौतमले बताएका छन।

उपाध्यक्ष गौतमले हस्त लिखित प्रेस विज्ञप्ती जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओली र आफ्ना बिच पार्टी भित्र र पार्टी बाहिर उत्पन्न समस्या समाधान कसरी गर्ने भन्ने बिषयमा भएको संवादलाई मनमौजी किसिमले प्रस्तुत गरिएकोमा आपत्ती जनाएका छन् ।

उपाध्यक्ष गौतमले जारी गरेको विज्ञप्ती
हिजो १३ गते प्रधानमन्त्री क।केपी ओली र मेराबीच भएका कुराकानीका सम्बन्धमा मनमौजी किसिमले टिकाटिप्पणी भएको मैले पाएँ । पार्टीभित्र र पार्टी र सरकारका बीच, अनि अन्य पार्टी र सरकारका बीच उत्पन्न समस्या समाधान कसरी गर्ने भन्ने सम्बन्धमा छलफल भएको थियो ।
समय र परिस्थिति प्रतिकूल जारी अध्यादेशहरु खारेज गरिएपछि पनि अनेकौँ समस्या पार्टीभित्र उत्पन्न भएका छन् । यी समस्या समाधान पार्टी र पार्टी कमिटीलाई बाइपास गरेर गरेर होइन, प्रधानमन्त्रीले प्रत्यक्ष छलफल गरेर र सबै किसिमका विचारहरुको सामना गरेर मात्र गर्न सकिन्छ । तसर्थ, सचिवालय, स्थायी कमिटी र आवश्यक परे केन्द्रीय कमिटीको बैठक बोलाउनुस् । सबभन्दा पहिले सचिवालय बैठक बोलाउन र सबै कमरेडहरुको सुझावलाई सम्मान गर्दै साझा प्रयत्नबाट समस्या समाधान गर्नोस् भनेर मैले प्रधानमन्त्रीलाई सुझाव दिएको हुँ ।
उहाँले धैर्यतापूर्वक मेरो सल्लाह सुन्नुभयो, थोरै बोल्नुभयो, म बिदा भएर आएँ । भएको यत्ति हो । सबैलाई यही जानकारी लिन विनम्र अनुरोध गर्दछु ।

वामदेव गौतम

उपाध्यक्ष, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)

प्रतिक्रिया दिनुहोस