कार्यकारी अध्यक्ष सहितकाे टाेलीले ओली बिरूद्ध थालेको ‘कू’बाट नेकपाकाे अस्तित्व मेटिने सम्भावना


-गुरु भट्टराई

साेभियत संघका तत्कालीन राष्ट्रपति मिखाइल गोर्वाचोभका विरूद्ध उनीपछि दोस्रो वरियतमा रहेका उपाध्यक्ष गेन्नाडी यनायभ सहितका ८ जनाले सत्ता हत्याउन सन् १९९१ अगस्तमा कू गरे । त्यो कू जम्मा ३ दिन टिक्यो र त्यसपछि यनायभ, उनका सहयोगी र गोर्वाचोभ मात्रै हाेइन सोभियत संघ नै इतिहासको बिषय बन्न पुग्यो।

अहिले नेकपाका दुई नम्बरका अध्यक्ष र उनका सहयोगी (५ हो कि ६ जना !) हरूले अध्यक्ष ओली बिरूद्ध थालेको यो ‘कू’बाट सरकार त परै जाओस, नेकपा नै इतिहास बन्ने ठाउँमा पुग्छ । यदि त्यो समूह सर्वनाशको दिशामा जान चाहेको हो भने यिनीहरूको मुख त्यस दिशातर्फ आफैं सोझिएको हो वा कसैले सोझ्याई दिएको हो ? समयले स्पष्ट पार्ला नै !

१. प्रचण्डले २०४२ सालयता ३२ बर्षकाे अवधिमा आफु एकल स्थापित र हावी हुन अपमान र षड्यन्त्र गरी किनारामा पु-याएका आधा दर्जन नेताहरू, जाे उनकाे असलियत बुझ्न साक्षी र जिवितै छन: १. माेहनविक्रम सिह २. माेहन वैद्य ३.निर्मल लामा ४. सीपी गजुरेल ५. रूपलाल विश्वकर्मा ६. नेत्रविक्रम चन्द “विप्लव” र ७. डा.बाबुराम भट्टराई । अहिले उनकाे सम्पूर्ण प्रहार अधयक्ष केपी ओलीमाथी केन्द्रित छ, जसले उनकाे नेतृत्व कहिल्यै नस्वीकारेकाे र किमार्थ नस्वीकार्ने निश्चित छ । प्रचन्डले नाँच भालु नाँच भनेको तालमा माधव नेपाल, बामदेबहरु नाचिरहेका छन । ओलीको रिसले यीनले यत्तिका तमाशा गरेर पदै भेटेछन भनेपनि चैनसंग सत्ताको स्वाद लिउँला भन्ने दिवास्प्न नदेखे हुन्छ ।

२. पद, पैसा र परिवार प्रचण्डकाे असलि राजनीति हाे । माओबादी विचारधारा, माओबाद, जनयुद्ध , जनवाद आदि सबै जनता ठग्न र आफ्नो लक्ष हासिल गर्न रचिएका प्रपञ्च मात्र हुन्, तिनलाई उनी सर्पले काँचुली फेरेजस्तै बर्षैपिच्छे वा दुईचार बर्षकाे अन्तरालमा फेर्दै यहाँसम्म आइपुगेका छन् । उनकाे सिद्धान्त नै क्रमभंग हाे । आफु अनुकुल नभएका जति भंग गर्दै जाने हो ।

३. कालाेसूचिमा राखी कारबाही गर्नुपर्ने ठगदार शारदा अधिकारअीकाे घरमा बसाेबास, ७० जना सुरक्षाकर्मीकाे घेरा एवं वैभवशाली जीवनयापन राष्ट्रिय लुट र दाेहनकाे परिणाम हाे ।

४. छाेरी, ज्वाई र आसेपासेहरूकाे परिवारतन्त्रकाे विवरणले उनी राणाभन्दा पनि जहानियाँ छन् ।

५. जनयुद्दकाे नाममा उनले मच्चाएकाे १७ हजार मानिसहरूकाे मृत्युपर्व राष्ट्रकाे विनाशलीला थियाे, जसले ५० लाख नेपाली युवाहरूलाई गाउँबाट विस्थापित र खाडीमा पसिना पाेख्न बाध्य बनायाे ।

६. अहिले उनकाे प्रधान अन्तरविरोध केपी ओलीसँग छ, उनी केपी ओलीको दाेस्राेपटक मृगाैला प्रत्याराेपण सफल भएकाेमा स्तब्ध भए र १० दिन अस्पतालमा रहँदा एकपटक पनि पुगेनन्, बरू राप्रपाकाे सन्तानकाे बिहेमा जन्ती बनेर चितवन पुगे । आश्चर्य नै हाे, उनी नेकपाका दुई नम्बरी अध्यक्ष भएकाे असैह्य भएकाे छ, २५ प्रतिशत शक्ति मिसाएर ७१ प्रतिशत शक्तिलाई उनले यही हैसियतमा आफु अनुकूल प्रयाेग/ दुरूपयाेग गरेर फगत सत्ता हत्याउन चाहन्छन् ।

प्रतिक्रिया दिनुहोस