गणितले राजनीतिको हाेइन, राजनीतिले गणितको फैसला गर्छ : पूर्वमन्त्री बाँस्कोटा


नेकपाभित्र बरिष्ठ नेताहरु बिचकाे शक्ती संघर्ष उत्कर्षमा पुगेकाे अवस्थामा पूर्व सुचना प्रविधी तथा सञ्चारमन्त्री गाेकुल बाँस्काेटाले गणितले नभई राजनीतिले गणितको फैसला गर्ने टिप्पणी गरेका छन्। 

उनले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘ओली नभएको नेकपाको कल्पना गर्ने पनि नेकपामा छन् भने तिनीहरूले चाहेको सबल नेकपाको चित्र कस्तो होला त ? गणितले राजनीतिको हाेइन, राजनीतिले गणितको फैसला गर्छ। तिनाउको किनारमा रामापिथेकसको नलीहाड खोजेर बसेको भए मञ्जुश्रीले काठमाडौंमा बस्ती नै बसाउन सक्ने थिएनन्।’

प्रतिक्रिया दिनुहोस