‘बहुराष्ट्रिय राज्य’ कायम गर्ने उद्देश्य राखेको पार्टी दर्ता नगर्न निर्वाचन आयोगमा उजुरी दर्ता


राष्ट्रिय युवा संघ नेपालले समाजबादी पार्टी र राष्ट्रिय जनता पार्टी मिलेर बनेको जनता समाजबादी पार्टी नेपालको दल दर्ता प्रक्रिया रोक्न निर्वाचन आयोग समक्ष उजुरी दर्ता गराएको छ ।

नेकपा निकट सो युवा संगठनले आज निर्वाचन आयोगमा एक निवेदन दर्ता गराई यस्तो माग गरेको हो । संगठनका सह–संयोजक रमेश पौडेलले अनुसार उक्त पार्टीको उद्देश्यमा ‘बहुराष्ट्रिय राज्य’ कायम गर्ने भन्ने उल्लेख भएकाले यो संविधानको भावना विपरित भएको हुँदा यस्तो निवेदन दिएको जानकारी दिनुभयो । सह–सयोजक पौडेलका अनुसार प्रस्तावित उद्देश्य संविधानको धारा १, २, ३, ४, ५ र २६९ को उपधारा ५ विपरित रहेको छ ।

Image may contain: text

बहु राष्ट्रिय भन्नाले छुट्टै देश भन्ने अर्थ झल्कने गरी दल दर्ता प्रस्ताव गरिएको र नेपालको सार्वभौमिकता, राष्ट्रिय एकता र भौगोलिक अखण्डताको रक्षाका लागि दर्ता प्रक्रिया रोक्न आयोगमा निवेदन दर्ता गरिएको अधिवक्ता ढकाल बताउनु भयो ।

त्यसैगरी प्रस्तावित दलले प्रस्ताव गरेको झण्डा संयुक्त राष्ट्र संघको सदस्य राष्ट्र बुर्किना फासोको राष्ट्रिय झण्डासँग मेल खाने भएकाले पनि परराष्ट्र सम्बन्धमा प्रतिकुल असर पर्ने हुँदा दल दर्ता प्रक्रिया राकिदिन माग गरिएको छ । संघका तर्फबाट अमित लामा र अधिवक्ता विपिन ढकालले सो निवदेनमा हस्ताक्षर गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस