सकिदा केपीमात्रै सकिन्छन भन्ने कसैले सोचेको छ भने यो मुर्खताभन्दा अरु के नै हुन सक्छ? : पुर्व मन्त्री थापा


नेकपा नेता तथा पुर्व मन्त्री कर्णबहादुर थापाले सामाजिक सञ्जाल फेसबुकमा प्रधानमन्त्री तथा नेकपा अध्यक्षबाट केपी शर्मा ओलीको राजीनामा माग्नेहरूको प्रस्तावलाई दल विभाजनको प्रस्ताव भन्नुभएको छ् ।

थापाले सामाजिक सञ्जाल फेसबुकमा ओलीको राजीनामा माग्नु पार्टी विभाजनको प्रस्ताव हो,सकिदा केपीमात्रै सकिन्छन भन्ने कसैले सोचेको छ भने यो मुर्खताभन्दा अरु के नै हुन सक्छ? भन्दै प्रश्न गर्नुभएको हो ।

पुर्व मन्त्री कर्णबहादुर थापाले सामाजिक सञ्जालमा यस्तो लेख्नुहुन्छ ” नेकपा भित्रको हालको विवाद कार्यशैलीगत हो । वैचारिक र राजनीतिक विवाद महाधिवेशनबाट हल गर्ने विषयमा आम सहमति भएकै छ । यो सरकार बनेकै दिन देखि केही नेतास्तरका मानिस निहु झिकिझिकि सरकार र पार्टी नेतृत्वको विरुद्धमा विपक्षी पार्टी भन्दा चर्काे स्वरले विरोध अभियान चलाउदै आएका छन् । कँहीकतै कमजोरी छैनन भनेर कसैले भनेको छैन । कमजोरी हटाउनु पर्दछ भन्नेमा विवाद नै छैन तर विभिन्न घटनालाई उछालेर जनता कार्यकर्तालाई घटनापछि कुदाउने र आफू पानीमाथिको ओभानो बन्ने प्रबृत्ति सबैका लागि धातक हुन्छ । विभिन्न कमी र कमजोरीलाई सच्चाउदै एकतावद्ध, बलियो र प्रभावकारी पार्टी तथा सरकार आम नेपाली जनता र नेकपाका नेता, कार्यकर्ता, समर्थक तथा शुभेच्छुकको मुल चाहाना हो । पछिल्लो समयमा आएर प्रधानमन्त्री र पार्टी अध्यक्षबाट कमरेड केपी शर्मा ओलीको राजीनामाको जुन प्रस्ताव सार्वजनिक भएको छ । यो पार्टी विभाजनको प्रस्ताव हो । सकिदा केपीमात्रै सकिन्छन भन्ने कसैले सोचेको छ भने यो मुर्खताभन्दा अरु के नै हुन सक्छ ? विग्रह होइन, पार्टी एकताको पक्षमा उभिनु अहिलेको आवश्यकता हो ।

प्रतिक्रिया दिनुहोस