वैशाख १५ गतेको राशिफल

मेष– यात्रा तय हुनेछ, विदेशको लाभ पाइनेछ ।
वृष–आम्दानीको स्तर बढ्नेछ , व्यापारमा सन्तुष्टि मिल्नेछ ।
मिथुन– प्रशंसाको भागीदार भइनेछ, सरकारी फाइदा पाइनेछ ।
कर्कट– भाग्यले धोका दिनेछ, काममा अधुरो हुनेछ।
सिंह– आलोचना खेप्नुपर्नेछ, अचानक काम बिग्रिनेछ ,
कन्या– व्यवसायिक यात्रा हुनेछ , दाम्पत्य सुख मिल्नेछ ।
तुला– गुप्त शत्रुले बाधा दिनेछन्, विवादमा सम्झौता हुनेछ ।
वृश्चिक– सरसामानका नोक्सानी हुनेछ, यात्रामा ढिलासुस्ती हुनेछ ।
धनु– आम्दानीको ढोका खुल्नेछ । धन संग्रह बढ्नेछ ।
मकर– भातृ सहयोग मिल्नेछ, जोश जागर बढ्नेछ ।
कुम्भ– मिठो भोजनमा रमाइनेछ, बाेलीले प्रभाव पार्नेछ ।
मीन– घाटा बेहोर्नु पर्नेछ,सरसामान हराउन सक्नेछ ।