बाघको आक्रमणमा घाइते


बाघको आक्रमणमा परी बर्दिया, मधुवन नगरपालिका– ४ गम्कागाउँका ५० वर्षीय पहलु थारु गम्भीर घाइते हुनुभएको छ । सोमबार साँझ ७ बजे घरको गोठमा भैंसी सार्ने क्रममा आक्रमण गर्दा उहाँको दाहिने पाखुरामा चोट लागेको छ । उहाँको नगरपालिका स्वास्थ्यचौकीमा उपचार भइरहेको प्रहरी उपरीक्षक राजेशनाथ बास्तोलाले जानकारी दिनुभयो । ––

प्रतिक्रिया दिनुहोस