विचार बोकेकै आधारमा कोही जेल जानु पर्दैन : उपधानमन्त्री पोखरेल


कास्की : उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले राणा र पञ्चायतकालमा जस्तो अहिले विचार बोकेकै आधारमा कोही पनि जेल जानु र विस्थापित हुनु नपर्ने बताउनुभएको छ । मदन भण्डारी फाउण्डेसन कास्कीले नेपाल कम्युनिष्ट पार्टीको ७०औँ स्थापना दिवसका अवसरमा पोखरामा आयोजना गरेको ‘वर्तमान आर्थिक संरचना र समृद्धिको यात्रा’विषयक बहस कार्यक्रममा उहाँले भन्नुभयो, “विगतको जस्तो अवस्था अहिले देशमा छैन, सबैलाई राजनीतिक क्रियाकलाप गर्ने स्वतन्त्रता छ तर राजनीतिको आडमा आपराधिक क्रियाकलाप हुन्छन् भने अहिले पनि छुट छैन ।” नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का केन्द्रीय सचिवालय सदस्यसमेत रहनुभएका मन्त्री पोखरेलले राजनीतिक प्रणालीबाट विकसित भएको र जनताका अधिकार स्थापनाका लागि ७० वर्षदेखि लडेको पार्टी अधिनायकवादी बन्न नसक्ने स्पष्ट पार्नुभयो । नेकपा नेतृत्वको वर्तमान सरकारले एक वर्षको अवधिमा विकासको जग बसालेकाले अब देशलाई विकास र समृद्धितर्फ अगाडि बढाउने उहाँले उल्लेख गर्नुभयो । प्रणाली फेरिएकाले त्यसका लागि कानून निर्माण गर्ने, ऐन बनाउनेलगायतका काम गर्नुपर्दा सरकारले जनताले अनुभूत गर्नेगरी काम गर्न नसकेको भन्दै उहाँले भन्नुभयोे, “अबको राजनीति समृद्धिका लागि हो, विकासको मोडल भनेको निर्वाचनका बेला अगाडि सारिएका घोषणापत्रअनुसार नै हुन्छ, आम नागरिकले त्यस्तो विकासको अनुभूति छिट्टै गर्न सक्नुहुन्छ ।” पूर्वमन्त्री एवं नेकपाका नेता जनार्दन शर्माले वर्तमान कर्मचारीतन्त्रमा व्यापक फेरबदल आवश्यक रहेको भन्दै त्यसो नभएसम्म देशमा समृद्धि नआउने धारणा राख्नुभयो । कर्मचारीतन्त्र सुविधामुखी भएको भन्दै उहाँले कर्णाली प्रदेशमा कर्मचारी जान नमान्नु यसको ज्वलन्त उदाहरण रहेको टिप्पणी गर्नुभयो । नेकपाको लक्ष्य समाजवादमा पुग्ने रहेको भन्दै नेता शर्माले समाजवादका बारेमा पार्टीभित्र बहस हुनुपर्ने बताउनुभयो । नेपाली काङ्ग्रेसका नेता प्रदीप गिरीले सरकारमा अधिनायकवाद हाबी भएको आरोप लगाउनुभयो । उहाँले शक्ति एकीकृत गरेर शक्तिशाली बन्ने प्रधानमन्त्रीको सिको वडाध्यक्षसम्मले गर्न खोजेकाले त्यसलाई रोक्नुपर्ने धारणा राख्नुभयो ।

प्रतिक्रिया दिनुहोस  
राष्ट्रपति पौडेलले नागरिकता विधेयक प्रमाणिकरण गरेपछी एमालेका महासचिव पोखरेलको यस्तो आयो स्टाटस

  बुधबार प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जानुअघि राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालयले स्वीकार गरेको विधेयक

एमालेका उपमहासचिव प्रदीप ज्ञवालीको यस्तो आयो स्टाटस

बुधबार प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जानुअघि राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालयले स्वीकार गरेको विधेयक प्रमाणिकरण

राजेश बज्राचार्यको यस्तो आयो स्टाटस

काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकरणमा अनावश्यक रुपमा नाम मुछिएको भन्दै राजेश बज्राचार्यले आपत्ती जनाउनुभएको छ

आश्चर्यचकित छु : डा. अजयक्रान्ति शाक्य

१० जेठ, काठमाडौं । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै करोडौं असुली गरिएको

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई