संसदीय गणितमा असफल हुने संकेतपछि हट्दै “भैसेपाटी गुट”


प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजनितिक षडयन्त्रबाट राजिनामा गराउन बाध्य बनाई शक्ती आफुमा केन्द्रीय गर्ने उद्धेश्य साथ गठन भएको “भैसेपाटी गुट”ले सांसदको गणितमा असफल हुने स्पष्ट संकेत पाएपछि पछि हट्ने संकेत देखाएको छ ।

कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्ष बामदेव गौतम, भीम रावल संलग्न समुहले प्रधानमन्त्री ओलीलाई प्रधानमन्त्री र अध्यक्ष दुबै पदबाट हटाउन उदेश्य सहित उपाध्यक्ष गौतम निवास भैसेपाटीमा केहि समय देखि बैठक गर्दै आएको थियो ।

उक्त गुटले प्रधानमन्त्री ओली विरुद्ध हस्ताक्षर अभियान समेत चलाइएकोमा पूर्व माओवादीका नेता रामबहादुर थापा, टोपबहादुर रायमाझी, देवेन्द्र पौडेल, लेखराज भट्ट, प्रभु साह सहित १३ जना सांसदले सरकार विरुद्ध हस्ताक्षर नचलाउन नेतृत्व पक्षलाई चेतावनी दिएपछि हस्ताक्षर अभियान स्थगित भएको छ। पूर्व माओवादीका नेताहरु समेत सरकार प।िरर्वतनको विपक्षमा उभिए पछि संसदीय गणित प्रधानमन्त्रीको पक्षमा पर्न गएको हो । संसदीय दलमा आफ्नो बहुमत नपुग्ने संकेत पाएपछि प्रचण्ड–नेपाल समुह आफ्नो योजनाबाट पछि हट्दै पार्टीमा नरम रुपमा प्रस्तुत हुने संकेत देखाएका छन।

प्रतिक्रिया दिनुहोस