सुधार र खुलापनपछिको ४० वर्षमा चीनले अभूतपूर्व उपलब्धि हासिल गरेकामा राष्ट्रपतिद्धारा खुशी व्यक्त


–विशेष प्रतिनिधि सुरेन्द्रबहादुर नेपाली बेइजिङ : राष्ट्रपति विद्यादेवी भण्डारी बेइजिङस्थित नेपाली राजदूतावासमा आयोजित स्वागत कार्यक्रममा उपस्थित हुनुभएको छ । उक्त अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जनताबीच आरम्भ भएको नेपाल तथा चीनबीच सम्बन्ध हजारौँ वर्षदेखि घनिष्ठ रहँदै आएको र हाल यो सम्बन्ध राजनीतिक, व्यावसायिक तथा अर्थतन्त्रमा पनि विस्तार भएको बताउनुभयो । उहाँले चीनले नेपालको विकास प्रयासमा दिएको सहयोगको सराहना गर्दै विनाशकारी भूकम्पका समयमा तत्कालको राहत तथा पुनःनिर्माणको कार्यमा चीनको प्रयास अविस्मरणीय रहेको उल्लेख गर्नुभयो । मन्त्री ज्ञवालीले नेपालको सार्वभौमसत्ता, अखण्डता, राष्ट्रिय स्वाधीनतामा चीनको समर्थनप्रति सम्मान व्यक्त गर्दै नेपाल एक चीनको नीतिमा अडिक रहेको बताउनुभयो । उहाँले चीनले ‘सुधार र खुलापन’ पछिको ४० वर्षमा अभूतपूर्व उपलब्धि हासिल गरेकामा खुशी व्यक्त गर्नुभयो । चीनका लागि नेपाली राजदूत लीलामणि पौडेलले बेइजिङस्थित नेपाली दूतावासले मुलुकको सामाजिक, आर्थिक र पर्यटकीय प्रचारप्रसारमा ठोस काम गरिरहेको जानकारी दिनुभयो । उक्त कार्यक्रममा प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेल, सङ्घीय संसद्का सदस्य, नेपाल सरकारका उच्च अधिकारी तथा निजी क्षेत्रका प्रतिनिधिको पनि उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस  
६८४ स्थानीय तहको नतिजा सार्वजनिक, कुन पार्टीले कति पालिका जिते ?

निर्वाचन आयोगको तथ्यांकअनुसार हालसम्म २३७ नगर र ४५५ गाउँपालिका गरी कुल ६८४ स्थानीय तहको नतिजा

७५ हजार बढी मतगणना हुँदा बालेनको फराकिलो अग्रता कायमै

  काठमाडौं – स्वतन्त्र उम्मेद्वारी दिएका बालेन साहले काठमाडौँ महानगरपालिकाको मेयरमा २८ हजार ६ सय

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

मोरङ, १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बिराटनगर महानगरपालिका-१६ बस्ने २१ वर्षीय सुरज साहलाई बिहीबार

६५ हजार बढी मतगणना हुँदा बालेनको फराकिलो अग्रता

काठामडौं– स्वतन्त्र उम्मेद्वारी दिएका बालेन साहले काठमाडौँ महानगरपालिकाको मेयरमा २५ हजार ४ सय २७ मत

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई