निर्वाचित अध्यक्षलाई च्युत गर्ने दुस्साहस नगर्न सांसद नविना लामाको कडा चेतावनी


काठमाडौँ, १७ वैशाख । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेतृ, पूर्वअनेरास्ववियुको अध्यक्ष तथा प्रतिनिधिसभाका सांसद नविना लामाले निर्वाचित अध्यक्षलाई च्युत गर्ने दुस्साहस नगर्न सांसद नविना लामाको कडा चेतावनी दिनु भएको छ ।

आज आफ्नो सामाजिक सञ्जाल फेसबुकमा आफ्नो धारणा राख्दै सांसद लामाले महाधिवेशनबाट निर्वाचित अध्यक्ष तथा जनताबाट निर्वाचित प्रधानमन्त्रीलाई पदच्युत गर्ने कार्य आम नेपाली जनताको लागि स्वीकार्य नहुने स्पष्ट पार्नुभएको छ ।

उहाँले भन्नुभएको छ, ‘हामी अहिले गलत बाटोमा जानु हुँदैन । अहिलेको पार्टी नेतृत्व र प्रधानमन्त्री केपी ओलीको विकल्प छैन । स्थिर सरकार र समृद्ध नेपालको निर्माण सहितको ५ बर्षे म्यान्डेट यस सरकारलाई जनताले दिएका छन् । महाधिवेशनबाट निर्वाचित अध्यक्षलाई च्युत गर्ने दुस्साहस, गुटबन्दी भर्त्सना योग्य छ र यस्तो दिवास्वप्नमा रम्नु बेकार छ । गल्ति, कमजोरीहरुलाई पार्टीको विधि प्रकृयाबाट हल गर्नुनै अहिलेको समस्या समाधानको मुख्य उपाय हो। यो आम कार्यकर्ता र शुभेच्छुकको भावना पनि हो । यो भावनाको प्रतिनिधित्व नेतृत्व बर्गले गर्नु हुनेछ भन्ने आशा व्यक्त गर्दछु ।’

प्रतिक्रिया दिनुहोस