राष्ट्रवादीहरू प्रधानमन्त्रीमा पक्षमा एक हुँदै, ग्रेटर नेपालका अभियन्ता भन्छन्- ओली महाभारतका अभिमन्यु हुन्


फोटो फणीन्द्र नेपालको फेसबुकबाट

राष्ट्रवादीहरू प्रधानमन्त्रीमा पक्षमा एक हुँदै हुनुहुन्छ,विगत दुई दशकदेखि ग्रेटर नेपालको मुद्दा उठाउदै आउनु भएका ग्रेटर नेपालका अभियन्ता फणीन्द्र नेपालले आज आफ्नो सामाजिक सन्जाल फेसबुकमा एउटा स्टाटस लेख्दै प्रधानमन्त्रीओली महाभारतका अभिमन्यु हुन भन्नुभएको छ ।

फणीन्द्र नेपालले आज आफ्नो सामाजिक सन्जाल फेसबुकमा यस्तो स्टाटस लेख्नुहुन्छ ” मलाई आज केपी शर्मा ओलीमाथी आफ्नै भनिनेहरू खनिएको देख्ता महाभारतको युद्धमा चक्रव्यूह तोडेर बाहिर निस्कन खोज्दा ६ जना महारथीहरूले घेरेर मारिएका अभिमन्युको याद अाइरहेको छ ।

म जहिले पनि एउटा नेपालीको महत्त्व उसले यो राज्य बचाउन के गर्यो भन्ने कुराको आलोकमा हेर्ने गर्छु । केपी शर्मा ओलीले आँफै तम्सिएर गर्नुभयो कि चिनियाँहरूले अवसरको सदुपयोग गरेर नेपालीलाई उपकृत गरे , त्यो ओलीलाई नै थाहा होला तर चीनसँग पहिलोपटक पारवहन सन्धि र पछि प्रोटोकलमा समेत हस्ताक्षर गरेर राजा महेन्द्रपछि उत्तरको ढोका खोल्ने काम गरेर उहाँले नेपाली जातिको लागि नै ठूलो गुन लगाउनुभएको कुरा स्वर्णाक्षरले लेखिनेछ ।

इन्डियाले अाफूलाई पारवहनको निर्विकल्प ठानेर हामीमाथि ज्यादती गरिरहेकोमा केपी शर्मा ओलीका कारणले नै हामीलाई सहज विकल्प प्राप्त भएको हो । जुन काम राजा वीरेन्द्रले गर्न सक्नुभएन , जुन काम गर्नुपर्छ भन्ने ध्यान राजा ज्ञानेन्द्रको पुगेन , त्यो काम केपी शर्मा ओलीले फत्ते गर्नुभयो ।
केपी शर्मा ओलीको यो गुन नेपाली जातिले कहिल्यै बिर्सन मिल्दैन , भलै उनका अाफ्नै साथीहरूले बिर्सिऊन् !

नेकपाभित्रको अहिलेको महाभारतमा मेरो उत्सुकता अवश्य छ तर कुकुरका अघिल्तिर हड्डीजस्तो बनाइएको प्रधानमन्त्री पदको लुछाचुँडी उनीहरूको घरेलु मामिला हो ।”

प्रतिक्रिया दिनुहोस