झूठै झूठको बिस्कुन लगाइ दिए पुग्छ,हामी त्यही बिस्कुन सुकाउँदै-उठाउँदै एक पछि अर्को दशक बिताइरहेका छौं


झूठ र भ्रममा रमाउने हामीलाई सत्य, निष्ठा र न्यायसँग के सरोकार ?

“हाम्रो नियति र दशकौं देखि झूठ, भ्रम र नारामा नै रमाइरहेका हामी


हामी प्रजातन्त्र, समाजवाद, उदारवाद , न्याय, समानता, सशक्तिकरण, सवलिकरण, सन्तुलित पराराष्ट्र नीति, राष्ट्रियता, राष्ट्रिय हित जस्ता गह्रौं शव्दहरू र तिनका अर्थहरुबारे भ्रम पालेर मात्रै बसिरहेका छौं I


अर्को समस्या हाम्रा दलहरूको स्कूलिङ्को समस्या हो I
उनीहरूले बोल्ने झूठ र छर्ने भ्रम हो I
अत्यन्त अनुत्तरदायी ढंगले राज्य र दलहरूको संचालन हो I
सवाल विगत को होस् या वर्तमान को नेपालको प्रजातन्त्रको संकट र समस्या स्वयम् दलहरू हुन् !
दलहरू मात्रै हुन् I


हामी आम जनतालाई पनि भ्रममा बाँच्न सजिलो लाग्दछ !
रमाइलो लाग्दछ I
झूठ नै प्यारो लाग्दछ I
हामी भ्रममा बाँच्न सजिलो मान्ने र झूठलाई प्यारो मान्ने भए पछि दलहरू र सरकारहरूलाई क्या हाइसन्चो ?
देश र जनताको पक्षमा उनीहरूले केही गर्ने पर्दैन –
नारा फुकिदिए पुग्छ ,
भ्रम छरिदिए पुग्छ ,
झूठै झूठको बिस्कुन लगाइ दिए पुग्छ –हामी त्यही बिस्कुन सुकाउँदै-उठाउँदै एक पछि अर्को दशक बिताइरहेका छौं I


छिमेकीहरूबारे पनि हामी भ्रम मै छौं I
अन्य शक्ति राष्ट्रबारे पनि हामी भ्रम मै छौं I
आफ्नो मुलुकको , हित र सुरक्षाबारे ठोसरूपमा केही भन्न नसक्ने हामी भारत र चीनको सुरक्षाबारे बहस गरेको गर्यै छौं I
चीनको उत्तर र पश्चिमी खण्डको ठूलो हिस्सामा विश्वको सर्वशक्तिमान राष्ट्र मध्ये एक र शत्रुतापूर्ण सम्वन्ध भएको सोभियत सङ्घ थियो – चीन पट्टि आणविक क्षेप्याश्त्र समेत सोझ्याएर बसेको थियो I
चीन अडिएरै बस्यो I


बंगालको खाडीमा भारतमाथि आक्रमण गर्न तंतयार अमेरिकाको मात्रै नभएर संसारकै सबैभन्दा ठूलो र सर्वशक्तिमान जलबेडा , उत्तरपट्टि चरम शत्रुतापूर्ण सम्वन्ध भएको चीन, पश्चिममा सदाबहार शत्रु राष्ट्र पाकिस्तान !
भारत डेग चलेन I


त्यसैले हामीले उनीहरूको चिन्ता लिनै पर्दैन !
आफ्नो मात्र चिन्ता गरे पुग्छ I
आफ्नै मुलुकको सुरक्षाबारे मात्र सोचे हुन्छ I


अर्को कुरा हाम्रो समस्या हामी आफैं हौं !
भारत, चीन वा अमेरिका होइनन् !
हाम्रा लोभ,पाप,अभाव र छुद्र स्वार्थहरूमा पसेर कहीं कतै आफ्ना राष्ट्रिय हितको सवालमा नेपाललाई उपयोग गर्तेका होलान , कुरा त्यत्ति हो !


हामी राष्ट्रिय इमान बेच्न बसेकालाई भारत, चीन र अमेरिकाले आफ्नो आवश्यकता अनुरूप किनेका होलान !
आफ्नो राष्ट्रिय स्वाभिमानलाई लिलाममा चढाएकालाई
आफ्नो राष्ट्रिय हितमा हुने भए जसले पनि किन्छन , किन्नु पर्दछ !”

(कांग्रेस निकट बुद्धिजीवी तथा राजनीति विश्लेषक भट्टराईको फेसबुकबाट)

प्रतिक्रिया दिनुहोस