थप दुई जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५९ पुग्यो


नेपालमा थप २ जनामा काेराेनाकाे संक्रमण भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार रुपन्देहीका २५ वर्षीय र बाँकेका ६० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । दुबैको अवस्था सामान्य छ । संक्रमित दुवैजनाकाे स्वास्थ्य अवस्था सामान्य रहेकाे छ ।

याेसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या ५९ जना पुगेकाे छ । जसमध्ये १६ जना निकाे भएर घर फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस