नेकपामा रहेको समस्यालाई समाधान गर्न नेता भुसालको यस्तो छ उपाय


नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य तथा कृषिमन्त्री घनश्याम भुसालले नेकपा भित्रको समस्यालाई वार्ता तथा छलफलको माध्यमबाट नै समाधान गर्न आग्रह गर्नुभएको छ।

सामाजिक सञ्जालमा एक फेसबुकमा स्टाटस लेख्दै उहाँले जनताले दिएको जनमतलाई मध्यनजर गर्दै पार्टीका आन्तरिक विवादलाई समस्या समाधान गर्नुको अर्को विकल्प नभएको उल्लेख गर्नुभएको हो ।

सामाजिक सञ्जालमा एक फेसबुकमा स्टाटस

• २०५४ सालमा नेकपा एमाले लाेकप्रियताकाे शिखरमा थियाे, फुट्याे । र २०४७ सालकाे प्रजातन्त्र अस्थिर हुँदै गयाे ।

• २०६४/६५ मा नेकपा माअाेवादी प्रलयकारी शक्तिकासाथ अगाडि अायाे । र विभाजनकाे प्रक्रियामा गयाे ।

• अाज नेकपा असाधारण शक्ति र प्रभावकासाथ उपस्थित छ। र यसमा समस्या थपिँदै गएका छन्।

• समस्याले उपयुक्त समाधान खाेज्छ । अनुपयुक्त र गलत प्रयासले समस्यालाई झनै बढाउँछ।

• पार्टीको एकता बचाउन, लाेकतन्त्र र समाजवादका मूल्यहरुकाे जगेर्ना गर्न :
पहिलाे, नहडबडाउँ
दाेस्राे, संवाद गराैं
र तेस्राे, संस्थागत प्रणालीभित्रै समाधान खाेजाैं ।

• अाज मुलुकले सबै कमरेडहरुबाट जिम्मेवारी बाेधकाे एेतिहासिक गम्भीरता माग गरेकाे छ।

प्रतिक्रिया दिनुहोस