प्रमका प्रमुख राजनीतिक सल्लाहकार रिमाल भन्नुहुन्छ: हामीले आफ्नो ढाड बलियो बनाउनु पर्छ । ढाड ननिहुरिएसम्म त्यसमाथि कोही पनि चढ्न सक्दैन


प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार रिमालले हामीले आफ्नो ढाड बलियो बनाउनु पर्छ । ढाड ननिहुरिएसम्म त्यसमाथि कोही पनि चढ्न सक्दैन’ भन्नुभएको छ ।

प्रधानमन्त्रीका प्रमुख सल्लाहकार बिष्णु रिमालले आफ्नो फेसबुकमा यस्तो लेख्नुहुन्छ
“ट्रेडयुनियनका केही परम्परागत दिनहरु छन्– मार्च ८, अप्रिल २८, मे १, जुन १२, अक्टोबर ७, नोभेम्बर २०, डिसेम्बर १८ आदि । यी दिनहरुमा इतिहासका गाथा दोहर्याइन्छ । त्यस्तै भाषा बोलिन्छ ।

हामीले चाँहि त्यसको सान्दर्भिकता चर्चा गर्ने गरेका छौं । दिने सन्देश स्पष्ट छ–

आज संभव देखिएका कामहरु हिजो असंभव जस्ता थिए । त्यसबाट पाठ सिक । थप प्राप्तिका लागि संघर्ष जारी राख । पीडितहरुलाई संझ/जिवितहरुका लागि लड ।

यहाँहरु धेरैलाई युनियन आन्दोलन र यसमा लाग्नेहरु अह्ररा र खस्रा लाग्न सक्छन्। उनीहरुको अभिव्यक्तिमा “शाही भद्रता” नछचल्किन सक्छ । मलाई पनि विश्वभरी कै युनियनकर्मीहरु मार्टिन लुथर किंग जुनियर को भनाइबाट प्रशिक्षित पो छन् की जस्तो लाग्छ ।

परिवर्तन सम्बन्धि उनको एउटा प्रसिद्ध भनाइ छ–

परिवर्तन, अनिवार्यताको पाँग्राले पेल्दै हुने होइन, निरन्तर संघर्षका कारणले हुने हो । तसर्थ, हामीले आफ्नो ढाड बलियो बनाउनु पर्छ । ढाड ननिहुरिएसम्म त्यसमाथि कोही पनि चढ्न सक्दैन ।

हाम्रा युनियनवालहरु कहिले कहिले अरु कुरा छोडेर, ढाड ननिहुराउने प्रतिस्पर्धामा दोडिरहे जस्ता लाग्छन् ।

श्रमको संसारले के समेट्छ?
२/४ रुपैयाँ तलव सुविधा बढाउने र कार्यथलोमा झोंक फेर्ने काम मात्रै युनियनको हो की?!

युनियनका नेताको भूमिका चाँहि के हो?
सुन्नेलाई सञ्चो लाग्ने भाषण मात्र ठोक्ने हो की कामको दिशा पनि तय गर्नु हो?”

प्रतिक्रिया दिनुहोस