भ्रष्टाचारबाट उन्मुक्ती पाउन प्रम ओली माथी राजिनामाको दवाव बनाउँदैै नेकपाका शिर्ष नेताहरु


आफु संलग्न भ्रष्टाचारका मुद्दाबाट उन्मुक्ती पाउनको लागि नेकपाका शिर्ष नेताहरुले प्रधानमन्त्री केपी ओलीलाई राजिनामा दिन दवाव बनाएको नेकपा केन्द्रीय सदस्य राघुजी पन्तले बताएका छन। पन्त प्रधानमन्त्रीको कार्यशौली माथि प्रश्न गर्दै केन्द्रीय समितिको बैठक बोलाउन माग गर्ने नेता मध्येका एक हुन।

तस्विर: रातोपाटी डट कम


नेकपा नेतृत्वको विवादको आवरणमा राजनितिक पार्टी र संवैधानिक परिषदको काम कारबाही सम्बन्धी अध्यादेश देखाए पनि मुल मुद्दा शिर्ष नेता संलग्न भ्रष्टाचारका मुद्दाहरुको छानबिन प्रधानमन्त्रीले तदरुकता देखाउनु रहेको खुल्न आएको छ। विशेष गरि नेकपाका शिर्ष नेताको नाम मुछिएका बालुवाटार जग्गा प्रकरण र लडाकु शिविर भ्रष्टाचार काण्डमा सरकारले छानबिन शुरु गरेपछि वरिष्ठ नेता माधव कुमार नेपाल र पुष्प कमल दाहाल “प्रचण्ड” ले आफु असुरक्षित भएको महसुस गरि ओली देखि रुष्ट बनेको नेता पन्तले दावी गरेका छन।

नेता पन्तका अनुसार ललिता निवासको सरकारी जग्गा निजी व्यक्तीलाई दिने निर्णयहरुको छानबिन शुरु गरे सँगै बरिष्ठ नेता माधव कुमार नेपाल प्रधानमन्त्री ओली देखि सशंकित बनेका हुन। त्रिताल आयोगको प्रतिवेदनले नेपाल नेतृत्वको मन्त्रीपरिषदले ललिता निवास सम्बन्धी गरेको निर्णय दुषित भएको र उक्त निर्णयलाई सुधार्न पर्ने राय प्रस्तुत गरेको थियो ।

ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत छुट्टै अनुसन्धान गरि रहेको छ भने पूर्व प्रधानमन्त्री नेपाललाई उपस्थित गराई बयान समेत लिइ सकेको स्रोतले बताएको छ।

त्यसै गरि तत्तकालिन नेकपा (माओवादी) का शिर्ष नेताहरु माथि माओवादी लडाकुलाई राज्यले उपलब्ध गराएको रकमको हिनामिना गरेको आरोप लाग्दै आएको छ। लडाकु शिबिरमा भएका माओवादी लडाकुलाई मासिक पारिश्रमिक स्वरुप नगद, खाना लगायतका अन्य सुविधा राज्यले उपलब्ध गराउदै आएको थियो । २०६४ पौष १८ गते एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा तत्तकालिन माओवादी अध्यक्ष प्रचण्डले ७/८ हजारको संख्यामा रहेका लडाकुलाई जालसाजी गरि २० हजार पुर्याएको दावी गरेका छन। माओवादी लडाकुको संख्या बढाई तत्कालिन शिर्ष नेतृत्वले अरबौं भ्रष्टाचार गरेको भन्दै अख्तियारमा उजुरी परेको थियो । उक्त उजुरी लामो समय देखि तामेलीमा रहेको थियो ।

तत्कालिन माओवादीका अर्का प्रभावशाली नेता बाबुराम भट्टराईले एक सभालाई सम्बोधन गर्दै (मिति नखुलेको) लडाकु शिविरमा अरबौंको भ्रष्टाचार भएको र उक्त भ्रष्टाचारमा प्रचण्ड लगायत माओवादीका शिर्ष नेताहरु संलग्न रहेको दावी गरेका छन।

नेकपामा शान्त छविका नेताको रुपमा चिनिएका नेता पन्तले एक टेलिभिजन कार्यक्रममा भने “नेताले एक अर्काको सम्मान गरौं, तपाईहरु सहयोगी, सहयोद्दा हो, प्रतिस्पधी र प्रतिद्वन्द्वी होइन। माधव नेपाललाई ललिता निवासमा लगेर फसाउने, प्रचण्डलाई कुनै मद्दा लगाएर फसाउने वातावरण बनाएर मैदान खाली गर्न जे खालको खेल शुरु भएको, यस्ले पार्टी भित्र विवाद, अन्तरद्वन्द्व, अविस्वास पैदा गराउने काम गरेको छ।” । “यसरी माधव नेपाललाई राजनितिक तहबाट फसाँउन खोज्दा माधव नेपालले चित्त नदुखाउने?” भन्दै प्रश्न गरे।

प्रतिक्रिया दिनुहोस