डीभीको नतिजा सार्वजनिक कार्यक्रम पछाडि सर्यो


काठमाडौं । अमेरिकाले गत वर्ष खोलेको डाइभर्सिटी भिसा (डीभी) चिठ्ठाको नतिजा एक महिना पछाडी मात्र सार्वजनिक गर्ने भएको छ । सन् २०२१ को डीभीको नतिजा कोभिड-१९ को विश्वव्यापी प्रकोपको कारणले सारिएको अमेरिकन राजदुतावासले जनाएको छ । साधारणतया मे ५ मा हुनुपर्ने डाइभर्सिटी भिसा कार्यक्रम छनौटको नतिजा जुन ६, २०२० मा हुनेछ । तर यो ढिलाईले अक्टोबर १, २०२०मा हुने तय भएको अन्तर्वातामा कुनै असर नगर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस