नेकपा भित्र थुप्रै नेताहरु प्रधानमन्त्री बन्न योग्य छन, अहिले हामी केपी ओली कै नेतृत्वमा अघि बढ्छौं : नेता खनाल


काठमाडाैँ । नेकपाका सचिवालय सदस्य झलनाथ खनालले नेकपा भित्र थुप्रै नेताहरु प्रधानमन्त्री बन्न योग्य छन भन्नुभएको छ । उहाँले वामदेव गौतम प्रधानमन्त्री बन्ने भविष्यको कुरा हो भन्दै सर्वप्रथम निर्वाचन आउनुपर्छ । प्रतिनिधिसभामा आउनुपर्यो । यो कुनै सुनिश्चित कुरा नभएको समेत बताउनु भएको छ ।

उहाँले भन्नुभयो , नेकपाभित्र धेरै नेताहरु छौं । थुप्रै नेताहरु प्रधानमन्त्री बन्न योग्य छौं । प्रम बन्नको लागि वामदेव गौतम लाईनामा उत्रिएको नेता हो । उहाँ बने राम्रै हुन्छ । मेरो शुभकामना छ ।

उहाँले अस्थिरतााको पक्षमा नभएको भन्दै सरकार स्थिर बनाउने पक्षमा रहेको बताउनु भयो , उहाँले भन्नुभयो “अहिले हामी केपी ओली कै नेतृत्वमा अघि बढ्छौं । मन्त्रिमण्डल पूनर्गठन र उहाँको सल्लाहकार टिमलगायतको सचिवालय परिवर्तन गर्ने कुरा ती सबै कुरा पार्टीले समिक्षा गर्छ । विभिन्न निकायका नियुक्तीको कुरामा क्रमशः अघि बढ्छौं ।

प्रतिक्रिया दिनुहोस