कोरोना बन्दी


कोरोना बन्दी

बन्द छौं हामी भित्र किन
न बन्दुक पड्क्यो न युद्ध चल्यो
मै हुँ भन्ने नि थुनिएकै छन्
न त पैसावालकै हैकम चल्यो

एउटा दुईटा देश हुन् र
विश्व नै अडियो टक्क
वैज्ञानिक या दार्शनिक हुन्
परेका छन् अक्क न बक्क

जीवन त रहेछ सबैलाई प्यारो
अकालमै मर्न कसलाई छ रहर
सबै मिली होसियार रहे
आउनेछ फेरी खुशीको लहर

कोरोनाले दिएको मिलन
उपयोग गरौं, बसेर घरमा
भाईरस फैलिन कम हन्छ
हामीले घरभित्र बसेकै भरमा

ब्यापार डुब्यो, अनिकाल चल्यो
तर हिम्मत हार्नुभाको छैन
जे सुकै होस् निस्कन्छु भन्दै
भाईरस सार्नु भाको छैन

संयमताको बिकल्प छैन
स्थायी त केही नि हुन्न
सिकाएको छ कोरोनाले
विश्वलाई नै धैर्य बन्न

कोरोनाको अन्त्य होस् चाँडै
एकजुट भई गरौं सामना
अकालमा अब नमरुन् कोही
सारा विश्वलाई शुभकामना

सबैको कल्याण होस्।

तनुजा पोखरेल
मनासस, भर्जिनिया






प्रतिक्रिया दिनुहोस