महेश बस्नेत, कृष्णकुमार श्रेष्ठ र सर्वेन्द्र खनालले मानव अधिकार आयोगमा दिए उजुरी


२२ वैशाख, काठमाडौँ । अपहरणको आरोप लगाइएपछी सांसदहरू महेश बस्नेत र कृष्णकुमार श्रेष्ठ (किसान) तथा पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले आफूहरुले जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवको अपहरण नगरेको भन्दै राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिनुभएको छ ।

सोमबार मानव अधिकार आयोगको कार्यालय हरिहर भवन पुगेर उहाहरूले सत्यतथ्य छानबिनका लागि उजुरी दर्ता गराउनु भएको हो । डा. बाबुराम भट्टराईको योजनामा आफूहरुलाई फसाउन खोजिएको उहाहरूको दाबी रहेको छ ।

प्रतिक्रिया दिनुहोस