प्रधानमन्त्रीले सम्बोधन गर्दै , नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रशारण हुने


काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले असंलग्न आन्दोलनको सम्पर्क समूहको अनलाइन शिखर सम्मेलनलाई सम्बोधन गर्ने हुनु भएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले उक्त कुरा बताउनु भएको हो ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले फेसबुकमा लेख्नुहुन्छ ‘सम्माननीय प्रधानमन्त्री केपी शर्मा आेलीज्यू आज ४:४५ बजे सिंहदरबारस्थित एक्सन रूमबाट असंलग्न आन्दाेलनकाे सम्पर्क समूहकाे अनलाइन शिखर सम्मेलनमा सहभागी हुनुहुने कार्यक्रम रहेकाे छ ।
उहाँले अनलाइन शिखर सम्मेलनलई सम्बाेधन गर्नुहुने छ ।
सम्मेलनकाे उद्घाटन समाराेह र प्रधानमन्त्रीज्यूकाे संबाेधान नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रशारण गरिने छ ।’

प्रतिक्रिया दिनुहोस