लकडाउन जेठ ५ गतेसम्म बढाउने मन्त्रीपरिषद्को निर्णय


मन्त्रीपरिषद् बैठकले लकडाउन जेठ ५ गतेसम्म बढाउने निर्णय गरेको छ । आज बसेको मन्त्रीपरिषद् बैठकले लकडाउनलाई जेठ ५ गतेसम्म बढाउने निर्णय गरेको हो ।

भारतमा कोरोनाको संक्रमण कायमै रहेको र नेपालमा समेत उल्लेख्य मात्रामा कोरोना परीक्षण नभएको निष्कर्ष निकाल्दै जेठ ५ गतेसम्म बढाउने निर्णय हो ।

यसअघि सरकारले बैशाख २५ गतेसम्म लकडाउन बढाउने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस