के भएको थियो नेकपा सचिवालय बैठकमा?


प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालय बैठक चल्दै गर्दा बिचमै छाडेको भन्ने समाचारले एकाएक राजनितिक बृतमा हलचल आयो । नेकपाका शिर्ष नेता बिच लामो समय देखि चलि आएको शक्ती संघर्षको बिचमा आएको यो खबरले राजनिति तरंगित हुनु स्वभाविक थियो ।

के भएको थियो सचिवालय बैठकमा?

पोष्टखबरलाई स्रोतबाट प्राप्त जानकारी अनुसार सचिवालय बैठक शुरु भए पछि प्रधानमन्त्री केपी शर्मा ओलीले स्थायी कमिटी बैठकमा छलफल गर्ने एजेण्डा नभएकाले बैठक बस्नु आवश्यक नरहेको धारणा व्यक्त गर्नु भयो । आफ्नो धारणा व्यक्त गरेपछि बिहानै देखिको व्यस्तताका कारण थकित भएकाले आराम गर्छु भन्दै सचिवालय सदस्यसँग अनुमति लिई बैठक बस्ने नबस्ने निर्णय गर्ने जिम्मा अन्य सदस्यलाई दिएर बैठकबाट बाहिरिनु भएको थियो ।

प्रधानमन्त्री ओली बाहिरिए पछि पनि सचिवालय बैठक यथावत संचालनमा रहेको थियो । बैठकले स्थायी कमिटी बैठक राख्ने कि नराख्ने बिषयमा छलफल जारी राख्यो । प्रवक्ता नारायणकाजी श्रेष्ठ र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बैठक राख्दा हुने भन्ने मत व्यक्त गर्नु भयो भने नेताद्वय माधव नेपाल र झलनाथ खनालले एजेण्डा नै तयार नभएको अवस्थामा बैठक राख्नुको औचित्य नरहेको भन्ने मत व्यक्त गर्नु भयो ।

त्यसै गरि उपाध्यक्ष वामदेव गौतम, ईश्वर पोखरेल, राम बहादुर थापा बादल र विष्णु पौडेलले हाल बैठक राख्नुको आवश्यकता नरहेको भन्ने मत राख्नु भयो । त्यसपछि बैठक राख्ने नराख्ने बिषय दुई अध्यक्षको सहमतिमा निर्णय गर्ने गरि बैठकको समापन भयो ।

सचिवालय बैठकमा स्थायी कमिटीको बैठक माग गर्ने सदस्यले बैठकको मागलाई जोडतोडका साथ नउठाउनुको भित्री कारण भने स्थायी कमिटीको बैठक माग गर्ने २० जनाको समूहमा आएको बिभाजन रहेको बताईको छ।

प्रतिक्रिया दिनुहोस