“ब्रान्ड केपि ओली” र मुटुवाला सम्पादकको दु:ख


ओलीको दीर्घकालीन लक्ष्य भनेको आफ्नै नेतृत्वमा नेकपालाई आगामी निर्वाचनमा होम्ने हो। चुनाव जितेर मात्रै पार्टी महाधिवेशन गर्ने हो। महाधिवेशनमा पनि आफैं अध्यक्ष चुनिने हो। थप दुई संसदीय कार्यकाल सरकारको नेतृत्व गरेर देशको ‘मुहार फेर्ने’ र नेकपालाई पराजित गर्न नसकिने अजम्बरी पार्टीका रूपमा स्थापित गर्ने हो। – अमित ढकाल

केपि ओली अलोकतान्त्रिक हुन् । उनी आफ्ना बिरोधिलाइ सिध्याउन चाहन्छन, उनले १४ बर्ष जेल बसेको लोकतान्त्रिक ब्यबस्थाका लागी हैन, एकदलिय कम्युनिष्ट शासनका लागी थियो, आदि इत्यादी – भनेर उही लेखमा लेख्नसक्ने पनि उनै मुटुवाला सम्पादक ढकाल नै हुन ।

ढकालले माथी लेखेको कुरा बिष्लेषण गर्ने हो भने पार्टीलाइ अझै मजबुत बनाउने, आगामी चुनाव आफ्नै नेतृत्वमा गर्ने, महाधिबेसनमा पनि जित्ने र देशको मुहार फेरेर नेकपालाइ झन लोकप्रिय बनाउने र बिकासको प्रकृयालाइ फर्काउन नसक्ने ठाउँमा पुर्याउने भन्ने छ (यद्धपी ओलिको देशको मुहार फेर्ने चाहना सत्य भएपनि पुन अध्यक्ष हुने वा प्रम हुने चाहना भने बिलकुल छैन, त्यो पटक पटक बाहिर आएकै कुरा हो, तर पनि उनलाइ नरुचाउनेहरु त्रसित छन) – यि र यस्ता बिषय केपि ओली हटाउनु पर्ने कारण हुन् कि उनको अभियानमा साथ र सहयोग गर्नु पर्ने बिषय हुन् ढकालजी? ढकालजीको निष्कर्ष र जोड अनुसार केपि ओलीलाइ हटाउनु पर्ने कारण यिनै हुन ।

तर ढकालजीले काल्पनिक तथा नियोजित ढंगले ओलीको बिरुप तस्विर खडा गर्न खोज्दा खोज्दै उनको कलम चिप्लिएर सत्य तथ्य पनि उम्कि हालेछ जुन कुरा उनि लुकाउन चाहन्छन। केपि ओलीले अर्को पनि चुनाव जितेर देशको मुहार फेरेर बिकास र सम्बृद्धिको यस प्रकृयालाइ फर्किन नसक्ने ठाउँमा पुर्याउँदा त्यसको ठुलो हानी कांग्रेसलाइ हुन्छ । ढकालजी सप्तरी बरमझियाको “असली बुढा बाजेको पेँडा” भन्दा पनि शुद्ध कांग्रेसी भएकाले नेकपा भित्रको असन्तुष्टीलाइ यसो बल पुर्याउन सकिन्छकी भन्ने आँखाले लेख्दा लेख्दै उनको असली कांग्रेसी दृष्टिकोण पनि उम्केछ । ओली सफल भए कांग्रेस जस्ता पार्टीका साइनबोर्डहरु, दोकानहरु अवश्य बन्द हुन्छन; ढकालजीको चिन्ता यस हिसाबले बढो जायज छ ।

गुरू भट्टराई

प्रतिक्रिया दिनुहोस