देशकै पहिलो एकीकृत तथ्याङ्क पोर्टल सञ्चालन


काठमाडौँ, १५ वैशाख: केन्द्रीय तथ्याङ्क विभागले तयार गरेको नेपालको पहिलो एकीकृत तथ्याङ्क पोर्टल सञ्चालनमा आएको छ ।

राष्ट्रिय योजना आयोगको आजको पूर्ण बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘नेशनलडाटा डट जिओभी डट एनपी’ ( www.nationaldata.gov.np ) को शुभारम्भ गर्नुभएको हो । सङ्घ, प्रदेश र स्थानीय तहका भूगोल, प्रकृति, स्रोत साधन, सम्भावना र दिगो विकास लक्ष्य आदिका आधारमा तथ्याङ्क प्रशोधन गरिएको सो पोर्टल सरकारको चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा उल्लेखित कार्यक्रममध्ये आयोगको जिम्मेवारीमा परेको एक महत्वपूर्ण कार्य हो ।

विभागका महानिर्देशक सुमन अर्यालले राष्ट्रिय तथ्यगत विवरण तयारीको क्रममा खुल्ला तथ्याङ्कको सिद्धान्तका आधारमा सो पोर्टल सञ्चालन गरिएको जानकारी दिँदै देशको भूगोल, प्रकृति, स्रोत साधन, सम्भावना र दिगो विकास लक्ष्यका विविध विषयका तथ्याङ्कमा सर्वसाधारणको पहुँच हुने बताउनुभयो । पोर्टलमा सम्बन्धित निकाय र तहले तथ्याङ्क भर्ने र ताजगीकरण गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस  
मन्त्रीले दिए राजीनामा

  काठमाडौँ – खानेपानी मन्त्री अब्दुल खानले पदबाट राजीनामा दिनुभएको छ । जनमत पार्टीबाट खानेपानी

तीन पुस्ते कांग्रेस स्वर्णिम वाग्लेको आयो कडा स्टाटस्

काठमाडौँ – तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्ले उम्मेदवार हुने भएका

झण्डै दुईतिहाइ कम्युनिस्ट सरकार फुटाल्नेलाई मति बिग्रको मान्छे सप्रिन्छ कि भनेर सरकार बनाइदिए पनि काम लागेन : अध्यक्ष ओली

  अर्घाखाँची, चैत १३ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले चारैतिरबाट एमालेबिरुद्ध घेराबन्दी

‘केपी बा’ युट्युब च्यानलमा हरेक महिना राजनीतिक संघर्षका संस्मरण प्रसारण हुने

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको ‘केपी बा युट्युब च्यानल’ मा आफ्नो संस्मरणको

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई